लिजेन्ड कप टी-१० को फाइनलमा पारसको टिमसँग रेस्ट अफ नेपालले खेल्ने « Khabarhub

लिजेन्ड कप टी-१० को फाइनलमा पारसको टिमसँग रेस्ट अफ नेपालले खेल्ने


२८ फाल्गुन २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


5.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – लिजेन्ड कप टी–१० क्रिकेटको फाइनलमा रेस्ट अफ नेपाल र २०१४ विश्वकप टिम खेल्ने भएका छन् ।

पहिलो खेलमा १९९६ लेजेन्डलाई ५ विकेट पराजित गर्दै २०१४ विश्वकप टिम फाइनलमा पुग्दा रेस्ट अफ नेपालले रुपन्देही लिजेन्ड्सलाईलाई पराजित गर्दै फाइनलमा पुगेको हो ।

रेस्ट अफ नेपालले दिएको ९५ रनको लक्ष्य पछ्याएको रुपन्देही लिजेन्ड्स १० ओभरमा २ विकेट गुमाउँदै ७७ रन मात्र बनाउन सक्यो ।

सन्जय श्रेष्ठले २०, लालबहादुर अधिकारीले १९ र सन्जिव जोशीले १० रन जोडे पनि जितका लागि प्रयाप्त हुन सकेन । बलिङमा रेस्ट अफ नेपालका लक्पा लामा र राजु बस्न्यातले एकएक विकेट लिए ।

यसअघि रुपन्देहीको तिलोत्तमामा निर्माण भएको एक्स्ट्राटेक ओभल क्रिकेट मैदानको पहिला ब्याटिङ गरेको रेस्ट अफ नेपालले निर्धारित १० ओभरमा ७ विकेट गुमाउँदै ९४ रन बनाएको थियो ।

रेस्ट अफ नेपालका लागी विकाश डलिले २१, दीपेन्द्र चौधरी १९, पारस लुनिया १४ र राजु बस्न्यातले १० रनको योगदान दिएका थिए ।

बलिङमा रुपन्देही लिजेन्ड्सका सुशन मन श्रेष्ठले ३, हरि थापा, कृशन कुवर र पुनित पोख्रेलले एक-एक विकेट लिए ।

प्रकाशित मिति : २८ फाल्गुन २०८०, सोमबार  ३ : ४६ बजे

निर्वाचनअगावै राष्ट्रिय राजमार्गको खाल्डाखुल्डी मर्मत गर्न माग

काठमाडौं – देशभरका यातायात व्यवयासीको छाता संस्था नेपाल यातायात व्यवसायी

फोहर व्यवस्थापन चक्रमा कमजोरी हुन नदिन डंगोलको निर्देशन

काठमाडौं- फोहर व्यवस्थापन चक्रमा कमजोरी हुन नदिन काठमाडौं महानगरपालिकाकी कार्यवाहक

गाउँ–गाउँमा विकासका आधार तयार गर्ने काम एमालेकै नेतृत्वमा सम्भव भयो : ओली

गौरादह – नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

तीन हजार विद्यार्थीको निःशुल्क मुटु परीक्षण

म्याग्दी – बेनी नगरपालिकामा आज आयोजित मुटु परीक्षण शिविरमा तीन

उम्मेदवारी खारेजपछि रेशमले भने : राजनीतिक सिकार बनाइयो

काठमाडौँ- नागरिक उन्मुक्ति पार्टीका संरक्षक रमेश चौधरीले आफ्नो उम्मेदवारी खारेज