सेना दिवसमा आयोजित 'युनिटी रन'मा सञ्जिव र तुलसी पहिलो | Khabarhub Khabarhub

सेना दिवसमा आयोजित ‘युनिटी रन’मा सञ्जिव र तुलसी पहिलो


२८ फाल्गुन २०८०, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

महेन्द्रनगर– नेपाली सेनाको सुदूरपश्चिम पृतनाद्वारा २६१औँ सेना दिवसका अवसरमा धनगढीमा आज आयोजित ‘युनिटी रन’ (एकताका लागि दौड) प्रतियोगितामा सञ्जिव नेपाली पहिलो भएका छन् । पुरुष खुल्लातर्फको १० किलोमिटर दौडमा पहिलो हुँदै उनी   माउन्टेन बाइकसहित रु १५ हजार, मेडल र प्रमाणपत्रबाट पुरस्कृत भएका छन् ।

नेपाली सेनाको सुदूरपश्चिम पृतनाका अनुसार उक्त दौडमा करण लोहार दोस्रो तथा दीपेन्द्र नाथ तेस्रो भए ।  दोस्रो भएका लोहारले रु १० हजार तथा तेस्रो भएका नाथले रु सात हजार पुरस्कार प्राप्त गरेका छन् । 

यसैगरी १० किलोमिटर दौडमा महिलातर्फ तुलसी रावत पहिलो, सुशीला महत दोस्रो तथा राधिका भण्डारी तेस्रो भए । पहिलो भएकी रावतले माउन्टेन बाइकसहित रु १५ हजार, दोस्रो भएकी महतले रु १० हजार र तेस्रो भएकी भण्डारीले रु सात हजारबाट पुरस्कृत भए ।

नेपाली सेनाले धनगढीस्थित रङ्गशालामा सेना दिवसका अवसरमा तीनदिने विविध सैनिक प्रदर्शनीका साथै ‘युनिटी रन’को आयोजना गरेको हो । यसैगरी कक्षा १२ सम्मका विद्यार्थीलाई लक्षित गरी आयोजना गरेको पाँच किलोमिटर दौडमा छात्रातर्फ नेहा खड्का प्रथम, बागेश्वरी धामी द्वितीय र दिपिका जोशीले तृतीय भइन् । खड्काले माउन्टेन बाइकसहित नगद पुरस्कार प्राप्त गरिन् । सोही विधामा छात्रतर्फको पाँच किलोमिटर दौडमा  विक्रम पार्की प्रथम, अमित आउजी द्वितीय र लक्ष्मण शाही तृतीय भए । पार्कीले माउन्टेन बाइकसहित नगद पुरस्कार प्राप्त गरे । 

यसैगरी कक्षा १० सम्मका विद्यार्थीका लागि आयोजना गरेको पाँच किलोमिटर दौडमा छात्रातर्फ कमला बडुवाल प्रथम, लक्ष्मी भट्ट द्वितीय र पवित्रा सार्कीले तृतीय स्थान प्राप्त गरे । उपाधि विजेता बडुवालले माउन्टेन बाइकसहित नगद पुरस्कार प्राप्त गरिन् । छात्रतर्फ पाँच किलोमिटर दौडमा मोहन विष्ट पहिलो, नन्दकिशोर विष्ट दोस्रो र लक्ष्मण महरा तेस्रो भए । उनीहरुले क्रमशः रु १० हजार, रु सात हजार र रु पाँच हजार पुरस्कार प्राप्त गरे । 

प्रतियोगिताका विजेता खेलाडीलाई सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख देवराज जोशी, सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री शिवराज भट्ट, नेपाली सेनाको सुदूरपश्चिम पृतनाका पृतनापति गणेशकुमार श्रेष्ठ, पृतनाका  सहायक रथी सुरत रावल, श्री नं २५ बाहिनी अड्डाका बाहिनीपति सहायक रथी मनोज थापा, सशस्त्र प्रहरी बल बैद्यनाथ बाहिनीका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक कुमार न्यौपाने, सैनिक श्रीमती सङ्घका पदाधिकारीलगायतले पुरस्कार प्रदान गरेका थिए ।

प्रकाशित मिति : २८ फाल्गुन २०८०, सोमबार  ७ : ०१ बजे

अब ठेक्का रद्द भएपछिको काम पूर्वाधार कम्पनीलाई

काठमाडौं– सरकारले केही नेपाल ऐन, संशोधनमार्फत अब ठेक्का रद्द भएपछिको

प्रधानमन्त्री ओली र वाइपाका कार्यकारी निर्देशकबीच भेटवार्ता

तुर्कमेनिस्तान– प्रधानमन्त्री केपी शर्मा ओलीसँग लगानी प्रवर्द्धनसम्बन्धी निकायको विश्व संघ

छुट्टै केन्द्र बनाउन खोजेपछि विप्लवलाई फकाउँदै माओवादी, नारायणकाजीले गरे एक घण्टा संवाद

काठमाडौं- नेकपा (माओवादी केन्द्र) र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल

नाइमा अटो एक्स्पोमा टीभीएसले सुरु गर्दै प्रिमियम कन्सेप्ट बाइकको नयाँ अध्याय

काठमाडौं– काठमाडौंको भृकुटीमण्डपमा अटो र मोबिलिटी प्रदर्शनी नाइमा-२०२५ बुधबारदेखि आइतबारसम्म आयोजना हुँदैछ ।

वर्षाका कारण देशभरका सात राजमार्ग अवरुद्ध, १३ राजमार्ग एकतर्फी सञ्चालनमा

काठमाडौं – मुलुकभर परेको वर्षाका कारण आएको बाढीपहिरोबाट देशभरका सात