मुगुको पर्यटकीय गाउँ मुर्मा अझै अँध्यारोमा | Khabarhub Khabarhub

मुगुको पर्यटकीय गाउँ मुर्मा अझै अँध्यारोमा


२९ चैत्र २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

मुगु– मुगुको पर्यटकीय गाउँ मुर्मा अझै विद्युतको पहुँचभन्दा बाहिर रहेको छ । कर्णाली प्रदेशकै प्रमुख पर्यटकीय स्थल रारा ताल नजिकै रहेको मुर्मा गाउँका स्थानीय अझै विद्युतको पहुँच भन्दा बाहिर रहेका छन् ।

गाउँमा विद्युत विस्तार नहुँदा मुर्मा गाउँका स्थानीय विद्युत पहुँच  भन्दा बाहिर रहेका हुन । स्वर्गकी अप्सरा उपमाले परिचित रारा तालको सिरानमा सदिउँदेखि बसोबास गर्दै आएका मुर्माका ८५ घरपरिवारले अहिलेसम्म विद्युतको उज्यालो देख्न पाएका छैनन् ।

आफूहरू लगायत रारा घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकहरू रातीको समयमा अँध्यारोमै बस्नु पर्ने बाध्यता रहेको स्थानीयको दुखेसो छ ।

सदरमुकाम गमगढी बजार लगायत वरपरका बस्तीहरू बिजुली बत्तीले झिलिमिली देखिने गरेको भएपनि पर्यटकीय मुर्मा गाउँ भने रातिको समयमा सधैँ अन्धकारले छोपिँदै आएको छ ।

सदरमुकाम गमगढीबाट करिव १ घन्टा  दक्षिणमा करिब डेढ दशक अघि निर्माण भएको ४ सय किलोवाट विद्युत उत्पादन क्षमता रहेको गमगाढ साना जलविद्युत आयोजना छ भने गत भदौमा राष्ट्रिय प्रसारण लायन समेत मुगुमा पुगिसकेको छ ।

तर अहिलेसम्म पर्यटकीय गाउँ मुर्मा, रारा लगायत सोरू, खतेडकार्मारोङमा विद्युत लाइन विस्तारको काम अघि नबढ्दा बिजुली बाल्ने स्थानीयको धोको अधुरै रहेको छ ।

जिल्ला सदरमुकाममा राष्ट्रिय विद्युत प्रसारण लाइन पुगे पनि रारा मुर्माबासीलाई भने विद्युत प्रतीक्षा गर्दैमा दिन बित्ने गरेको छ ।

चार वर्ष अघि गमगाढ साना जलविद्युत आयोजनाबाट मुर्मा गाउँमा विद्युत लैजान लाइन विस्तार गर्न रारा निर्माण सेवाले ठेक्का पाए पनि उक्त कम्पनीको लापरबाहीले काम अलपत्र परेको छ ।

गमगाढ वितरण केन्द्रका प्रमुख साजन बहादुर ऐडीले चालु आर्थिक वर्षमै रारा मुर्मा गाउँमा विद्युत पुर्‍याउने लक्ष्य रहेको र ठेक्का मार्फत काम सुरु भइसकेकाले छिटै मुर्मा गाउँमा विद्युत पुर्‍याउने बताए ।

प्रकाशित मिति : २९ चैत्र २०८०, बिहीबार  ९ : ५४ बजे

विश्वको समग्र आर्थिक वृद्धिसँगै असमानता गहिरिँदै गएको छ : प्रधानमन्त्री

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले स्पेनको सेभिया शहरमा आयोजित

प्रधानमन्त्री ओली र संयुक्त राष्ट्रसंघका महासचिव गुटरेसबीच भेटवार्ता

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली र संयुक्त राष्ट्रसंघका महासचिव

जीबी राई पक्राउ गर्न सरकारलाई ज्ञानेन्द्र शाहीको चुनौती

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले

ह्वात्तै बढ्यो पेट्रोलियम पदार्थको मूल्य (सूचीसहित)

काठमाडौं – पेट्रोलियम पदार्थको मूल्यमा फेरि वृद्धि भएको छ। नेपाल

नेपाल लगानीका लागि उर्वर, भ्रमणका लागि सुन्दर : योगेश भट्टराई

डेनमार्क – नेकपा (एमाले)का सचिव तथा पूर्वमन्त्री योगेश भट्टराईले डेनिस