म्याग्दीको सिद्धभूमे सामुदायिक वनमा चिया खेती « Khabarhub

म्याग्दीको सिद्धभूमे सामुदायिक वनमा चिया खेती


२९ चैत्र २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका–२ गौश्वाराको सिद्धभूमे हरियाली सामुदायिक वनमा चियाखेती सफल भएको छ ।

सामुदायिक वनको १० रोपनी क्षेत्रफलमध्ये चार रोपनीमा परीक्षणका रुपमा गरिएको चियाखेती सफल भएको सिद्धभूमे हरियाली सामुदायिक वन उपभोक्ता समितिका सदस्य खिमबहादुर मल्लठकुरीले जानकारी दिए ।

समुद्री सतहदेखि दुई हजार दुई सय मिटरको उचाइमा रहेको गौश्वारामा सात वर्षअघि गोल्डेन जातको चियाका पाँच हजार बिरुवा परीक्षणको रुपमा लगाइएको थियो । तिनै बिरुवा हुर्केर अहिले सो क्षेत्र चियाको वनमा रूपान्तरण भएको छ ।

‘परीक्षणको रुपमा लगाएका बिरुवाले यस वर्षदेखि उत्पादन दिएका छन्’, उनले भने, ‘चिया खेती निकै राम्रो भएको छ । आगामी दिनमा  बिरुवा थप्ने योजनामा छौँ ।’

गौश्वारा गाउँ शीतोष्ण हावापानी भएको र पूर्वतर्फ फर्किएको जैविक विविधताले सम्पन्न नमूना गाउँ हो ।

प्रकाशित मिति : २९ चैत्र २०८०, बिहीबार  १० : १३ बजे

प्रहरीले हटाइदियो माइतीघरमा लघुवित्त पीडितले बनाएका अस्थायी संरचना (तस्बिरहरू)

काठमाडौं – माइतीघरमा रात कटाउन लघुवित्त पीडितहरूले बनाएको अस्थायी संरचना

चीनलाई लक्षित गर्दै अमेरिकाद्वारा ह्युमनोइड रोबोट आयातमा प्रतिबन्ध

हङकङ – संयुक्त राज्य अमेरिकाको सङ्घीय सञ्चार आयोग (एफसीसी)ले राष्ट्रिय

धोबीखोला बस्तीमा पसेपछि बेहाल (तस्बिरहरू)

काठमाडौं – भारी वर्षाका कारण धोबीखोला उर्लिँदा चाबहिल, सरस्वतीनगर र

शिक्षामन्त्रीद्वारा सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुसँग अन्तरक्रिया

काठमाडौं – शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सामुदायिक विद्यालयका प्रधानाध्यापकहरूसँग

जापानमा जापानी नागरिक घट्दै, विदेशी बढ्दै

टोकियो – जापानमा जापानी नागरिकको जनसङ्ख्या ४२ वर्षमा पहिलो पटक