सेतो मच्छिन्द्रनाथ जात्राको तयारी (तस्बिरहरू) | Khabarhub Khabarhub

सेतो मच्छिन्द्रनाथ जात्राको तयारी (तस्बिरहरू)



काठमाडौँ– सेतो मछिन्द्रनाथको रथ बनाउन सुरु गरिएको छ । काठमाडौँको तीन धारा पाठशाला अगाडि रथ बनाउन सुरु गरिएको हो ।

वैशाख ४ गते सुरु हुने यात्राका लागि सेतो मच्छिन्द्रनाथ (आर्यावलोकितेश्वर) को रथ यात्रा का लागि तयारी स्वरूप रथ निर्माण थालिएको हो ।

केल टोलको मच्छिन्द्र बहालको मन्दिरमा रहेको लोकेश्वरको मूर्तिलाई केल टोल, इन्द्रचोक, बाङ्गे मुढा, असन कमलाक्षी हुँदै जमलको तीन धारका पाठशालामा ल्याएर रथमा विराजमान गराइ रथयात्रा सुरु हुने गर्छ ।

जात्राको पहिलो दिन जमल देखि असन, दोस्रो दिन असन देखि हनुमान ढोका र तेस्रो दिन लगनसम्म पुर्‍याइन्छ । अन्तिम दिन लगनटोलस्थित मच्छिन्द्रनाथकी आमालाई तीन पटक परिक्रमा गराएपछि रथयात्रा सम्पन्न हुन्छ ।

तस्बिरहरू हेर्नुहाेस् : 

प्रकाशित मिति : २९ चैत्र २०८०, बिहीबार  १ : ४० बजे

साउदी किङ कप : अल नासर फाइनलमा

काठमाडौं– अल नासर साउदी किङ कपको फाइनलमा प्रवेश गरेको छ

क्रिक्रेटको क्रेजले चिरेको निरासा

धार्मिक, सामाजिक र राजनीतिक रुपमा विचार र व्यवहारले विभक्त नेपाली

भाजपाको निमन्त्रणामा नेपाली नेताहरुको दिल्ली यात्रा

काठमाडौं– भारतीय जनता पार्टी (भाजपा)को निमन्त्रणामा नेपालका पाँच दलका पाँच

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै

काठमाडौं– आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस विविध कार्यक्रमका

कस्तो अवस्थामा पानी पिउनु हानिकारक हुन्छ ?

काठमाडौं– पानी मावन जीवनमा अनिवार्य छ । पानी बिनाको जीवन