महाभारतका किसानलाई व्यावसायिक पशुपालन तालिम « Khabarhub

महाभारतका किसानलाई व्यावसायिक पशुपालन तालिम


२९ चैत्र २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


834
Shares
  • change font
  • change font
  • change font

धुलिखेल– काभ्रेपलाञ्चोकको विकट डाँडापारि क्षेत्रको महाभारत गाउँपालिकाका किसानलाई व्यावसायिक पशुपालन तालिम प्रदान गरिएको छ । महाभारत साना किसान कृषि सहकारी संस्थाको आयोजनामा महाभारत–३, ४, ५, ६, ७ र ८ का ३९ जना किसानलाई तालिम दिइएको हो ।

साना किसान विकास लघुवित्त वित्तीय संस्था (साविक साना किसान बैंक)को आर्थिक सहयोगमा पशुपालन तालिम प्रदान गरिएको सहकारी संस्थाका अध्यक्ष हस्तबहादुर दर्लामी मगरले बताए। निर्वाहमुखी अवस्थामा रहेका किसानलाई व्यावसायिकरूपमा अगाडि बढाएर आयआर्जन वृद्धिमा टेवा पुर्‍याउने उद्देश्यले तालिमको आयोजना गरेको उनको भनाइ छ ।

उनीहरूलाई महाभारत पशुपक्षी विकास शाखा प्रमुख बालकुमार लुङ्गेली, महाभारत–४ र ५ का पशु प्राविधिक महेन्द्र जर्गा र वडा नं ६ का निर्जल पुलामीले तालिम दिएका थिए  । 

महाभारत–६ का वडाध्यक्ष रमेशकुमार लुङ्गेली मगरको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिसिं विष्ट र कृषि सहकारी संस्थाका उपाध्यक्ष केसरीमाया बललगायतको सहभागिता थियो ।

यसअघि संस्थाले गाउँपालिकाको कफी पकेट क्षेत्र विकास (फलोप) कार्यक्रमअन्तर्गत सहकारी संस्थामार्फत कफी नर्सरी व्यवस्थापन र बिरुवा रोपण तालिमका साथै कफी पल्पर मेसिन वितरण गरेको थियो । 

प्रकाशित मिति : २९ चैत्र २०८०, बिहीबार  १ : ३० बजे

जापानमा जापानी नागरिक घट्दै, विदेशी बढ्दै

टोकियो – जापानमा जापानी नागरिकको जनसङ्ख्या ४२ वर्षमा पहिलो पटक

सरकार र नेपाल चिकित्सक सङ्घबीच सहमति, स्वास्थ्य सेवा सञ्चालन

काठमाडौं – सरकार र नेपाल चिकित्सक सङ्घबीच आज सहमति भएको

दैनिक एक हजार ५०० ई-राहदानी छपाइ, तीन महिनाभित्र प्रणाली स्थिर हुने

काठमाडौं– राहदानी विभागले विद्युतीय राहदानी (ई-पासपोर्ट) को बढ्दो मागलाई सम्बोधन

वालेन्द्रको ‘लाज ढाक्न’ रविलाई भ्याइ-नभ्याइ

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रधानमन्त्री बनेका वालेन्द्र शाह देशमा गम्भीर