महाभारतका किसानलाई व्यावसायिक पशुपालन तालिम | Khabarhub Khabarhub

महाभारतका किसानलाई व्यावसायिक पशुपालन तालिम


२९ चैत्र २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


834
Shares
  • change font
  • change font
  • change font

धुलिखेल– काभ्रेपलाञ्चोकको विकट डाँडापारि क्षेत्रको महाभारत गाउँपालिकाका किसानलाई व्यावसायिक पशुपालन तालिम प्रदान गरिएको छ । महाभारत साना किसान कृषि सहकारी संस्थाको आयोजनामा महाभारत–३, ४, ५, ६, ७ र ८ का ३९ जना किसानलाई तालिम दिइएको हो ।

साना किसान विकास लघुवित्त वित्तीय संस्था (साविक साना किसान बैंक)को आर्थिक सहयोगमा पशुपालन तालिम प्रदान गरिएको सहकारी संस्थाका अध्यक्ष हस्तबहादुर दर्लामी मगरले बताए। निर्वाहमुखी अवस्थामा रहेका किसानलाई व्यावसायिकरूपमा अगाडि बढाएर आयआर्जन वृद्धिमा टेवा पुर्‍याउने उद्देश्यले तालिमको आयोजना गरेको उनको भनाइ छ ।

उनीहरूलाई महाभारत पशुपक्षी विकास शाखा प्रमुख बालकुमार लुङ्गेली, महाभारत–४ र ५ का पशु प्राविधिक महेन्द्र जर्गा र वडा नं ६ का निर्जल पुलामीले तालिम दिएका थिए  । 

महाभारत–६ का वडाध्यक्ष रमेशकुमार लुङ्गेली मगरको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिसिं विष्ट र कृषि सहकारी संस्थाका उपाध्यक्ष केसरीमाया बललगायतको सहभागिता थियो ।

यसअघि संस्थाले गाउँपालिकाको कफी पकेट क्षेत्र विकास (फलोप) कार्यक्रमअन्तर्गत सहकारी संस्थामार्फत कफी नर्सरी व्यवस्थापन र बिरुवा रोपण तालिमका साथै कफी पल्पर मेसिन वितरण गरेको थियो । 

प्रकाशित मिति : २९ चैत्र २०८०, बिहीबार  १ : ३० बजे

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

आज २०८१ साल साउन १२ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

माछा मार्ने क्रममा पानीमा डुबेर एक जनाको मृत्यु

झापा – झापाको गौरीगञ्ज गाउँपालिका–१ महाभारामा आज दिउँसो माछा मार्ने

अझै हटेन पशुचौपाया छाड्ने प्रवृति

कैलाली – कैलालीमा पशुचौपाया छाडा छाड्ने प्रवृति अझै हट्न सकेको

खर्च नियम उल्लङ्घन गरेको आरोपमा इयुद्वारा फ्रान्सविरुद्ध कारबाही

ब्रसेल्स – फ्रान्स, इटाली र युरोपेली सङ्घ (इयु) ब्लकका अन्य