लागूऔषधसहित १० जना कारोबारी पक्राउ | Khabarhub Khabarhub

लागूऔषधसहित १० जना कारोबारी पक्राउ


२९ चैत्र २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


11k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ठूलो परिमाणको लागूऔषधसहित प्रहरीले १० जना कारोबारीलाई पक्राउ परेको छ । 

अवैध लागूऔषध खैरो हेरोइन एक सय ९४ दशमलव आठ सय ५० ग्राम, नियन्त्रित लागूऔषध पाँच सय तीन एम्पुल एवं मनोनिपक पदार्थ नाइट्रोभेट एक हजार दुई सय ट्याब्लेटसहित उनीहरूलाई पक्राउ गरी अनुसन्धान थालिएको लागूऔषध नियन्त्रण ब्यूरोले जानकारी दिएको छ । पक्राउ परेकामध्ये दुईजना भारतीय कारोबारीसमेत छन् ।

विशेष सूचनाका आधारमा प्रहरीको लागूऔषध नियन्त्रण ब्यूरोद्वारा सञ्चालित प्रहरी कारबाहीका क्रममा उनीहरूलाई पक्राउ गरी लागूऔषध (नियन्त्रण) ऐन, २०३३ बमोजिम कारबाही थालिएको ब्यूरोका प्रहरी उपरीक्षक रामेश्वर कार्कीले बताए। उनका अनुसार उपत्यकाका विभिन्न क्षेत्रबाट पछिल्लो १० दिनको कारबाही अभियानमा उनीहरु पक्राउ परेका हुन् । 

बूढानीलकण्ठबाट मोरङका नवीन धिताल, ललितपुर महालक्ष्मीबाट सप्तरीका परमानन्द मेहता, विकास कार्की, काठमाडौँबाट भारतीय नागरिक विकास कुमार तथा काठमाडौँ चाबहिलबाट सुनसरीका सञ्जय लिम्बू र विकास मण्डललाई पक्राउ गरिएको उनले बताए । उनीहरु सबैसँग खैरो हेरोइन बरामद गरिएको हो ।

यस्तै नियन्त्रित लागूऔषध नाइट्रोभेट ट्याब्लेट बिक्री गरिरहेको छ भन्ने सूचनाका आधारमा कोटेश्वरस्थित ब्युरोबाट खटिएको टोलीले काठमाडौँको चन्द्रागिरिबाट धिरजकुमार साह र गोकर्णेश्वरबाट भारतीय नागरिक धीरज कुमार तथा गोकर्णेश्वरबाटै सुरेश तामाङ र छिरिङ तामाङलाई पनि पक्राउ गरिएको ब्युरोले जानकारी दिएको छ । उनीहरूबाट पनि विभिन्न प्रकारका लागूऔषध बरामद गरिएको छ ।

उनीहरूलाई चैत १० गतेयताको १० दिनको अवधिमा खोजतलास गरी पक्राउ गरिएको र सबैजनामाथि अनुसन्धान जारी रहेको प्रहरी उपरीक्षक कार्कीले जानकारी दिए । 

प्रकाशित मिति : २९ चैत्र २०८०, बिहीबार  २ : १५ बजे

आज २०८१ साल वैशाख १९ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख १९ गते बुधबार तदनुसार

लण्डनमा तरबार हमला, एक जनाको मृत्यु

एजेन्सी – संयुक्त अधिराज्य बेलायतको राजधानी लण्डनमा तरबार हमला भएको

जनक शिक्षा जनकपुरले बेच्यो १८ करोड ६७ लाखको पाठ्यपुस्तक

जनकपुरधाम – जनक शिक्षा सामग्री केन्द्र प्रादेशिक कार्यालय जनकपुरधामले विगत

गर्मी बढेपछि मालीमा दूधभन्दा बरफ महँगो !

एजेन्सी – पश्चिम अफ्रिकी मुलुक मालीमा गर्मी ह्वात्तै बढ्दा दूधभन्दा

‘लोकतन्त्र सुदृढ गरेरै समृद्धि सम्भव’ : डा. भट्टराई

मोरङ – नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा बाबुराम