इरान र इजराइललाई ‘संयमता’ अपनाउन क्रेमलिनको आग्रह « Khabarhub

इरान र इजराइललाई ‘संयमता’ अपनाउन क्रेमलिनको आग्रह


२९ चैत्र २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


546
Shares
  • change font
  • change font
  • change font

मस्को– मध्यपूर्वमा बढ्दो तनावका बीच मस्कोले बिहीबार इरान र इजराइलसँग संयमता अपनाउन आग्रह गरेको छ । 

दुई इरानी जनरलको मृत्यु हुने गरी यसै महिनाको सुरुमा भएको हमलालाई लिएर तेहरानले इजराइलविरुद्ध नयाँ धम्की जारी गरेको छ । त्यसपछि अमेरिकी राष्ट्रपति जो बाइडेनले बुधबार इजराइलका लागि ‘कडा’ समर्थनको प्रतिज्ञा गरेका छन् । 

क्रेमलिनका प्रवक्ता दिमित्री पेसकोभले पत्रकारहरूसँग भने,’यस क्षेत्रलाई अस्थिर हुन नदिन सबैले संयमता अपनाउन अत्यन्तै महत्त्वपूर्ण छ ।’ रुसले पहिला गाजामा छ महिनाको युद्धमा इजराइलको आचरणको निन्दा गरेको थियो ।

मस्कोले परम्परागतरूपमा मध्यपूर्वका सबै प्रमुख शक्तिसँग सम्बन्ध कायम राख्ने प्रयास गरेको थियो । यद्यपि गाजा युद्धले इजराइलसँग उसको सम्बन्धलाई बिग्रिएको छ र उसले पहिलादेखि नै इरानसँग सैन्य र राजनीतिक सम्बन्धलाई सुदृढ बनाइरहेको छ । 

दुवै कट्टर प्रतिद्वन्द्वीबीच सम्भावित मध्यस्थताका रूपमा रुससँग सम्पर्क नगरिएको पेसकोभले बताए।

प्रकाशित मिति : २९ चैत्र २०८०, बिहीबार  ५ : ३८ बजे

जापानमा जापानी नागरिक घट्दै, विदेशी बढ्दै

टोकियो – जापानमा जापानी नागरिकको जनसङ्ख्या ४२ वर्षमा पहिलो पटक

सरकार र नेपाल चिकित्सक सङ्घबीच सहमति, स्वास्थ्य सेवा सञ्चालन

काठमाडौं – सरकार र नेपाल चिकित्सक सङ्घबीच आज सहमति भएको

दैनिक एक हजार ५०० ई-राहदानी छपाइ, तीन महिनाभित्र प्रणाली स्थिर हुने

काठमाडौं– राहदानी विभागले विद्युतीय राहदानी (ई-पासपोर्ट) को बढ्दो मागलाई सम्बोधन

वालेन्द्रको ‘लाज ढाक्न’ रविलाई भ्याइ-नभ्याइ

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रधानमन्त्री बनेका वालेन्द्र शाह देशमा गम्भीर