सफा हिमाल अभियान सुरु « Khabarhub

सफा हिमाल अभियान सुरु


२९ चैत्र २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


192
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली सेनाले सफा हिमाल अभियान सुरु गरेको छ । 

बिहीबार सैनिक मुख्यालय भद्रकालीमा आयोजित एक कार्यक्रमकाबीच प्रधानसेनापति प्रभुराम शर्माले सफा हिमाल अभियान, २०२४ का टोलीलाई ब्यानरसहित सामान हस्तान्तरण गरी अभियानको शुभारम्भ गरेका हुन् ।

यस अभियानमा ल्होत्से र नुप्से हिमालका बेसक्याम्प र सोभन्दा माथिका उचाईहरुबाट १० टन फोहोर तथा ५ वटा मानव शव संकलन गर्ने लक्ष्य लिइएको सेनाले जनाएको छ ।

संकलित फोहोरमध्ये नसड्ने फोहोर रिसाइकिल गर्ने संस्थालाई हस्तान्तरण गरिने प्रधानसेनापति शर्माले बताए । उनले संकलित फोहरलाई उचित व्यवस्थापन गर्न सके अभियानको औचित्य पुष्टि हुने धारणा राखे । प्रधानसेनापति शर्माले हिमालमा फोहर नै गर्न नदिने गरि सचेतना फैलाउनुपर्ने र नियमकर्ता र कानून निर्माताले पनि ध्यान दिनुपर्ने बताए ।

अभियान वि.सं २०८१ जेठ २३ विश्व वातावरण दिवसको दिन सकिने सफा हिमाल अभियान, २०२४ का अभियान निर्देशक सहायक रथी सञ्जय देउजाले जानकारी दिए । 

प्रकाशित मिति : २९ चैत्र २०८०, बिहीबार  ५ : ५४ बजे

सुनसरी घटना : छानबिन समितिमा दुई सदस्य थप

काठमाडौं– सरकारले सुनसरीमा भएको घटनाका सम्बन्धमा छानबिन गर्न गठित समितिमा

‘कार्गो क्षेत्रलाई व्यवस्थित बनाउन संघ–प्रदेश सहकार्य आवश्यक’

काठमाडौं– बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बाँनियाले कार्गो तथा फ्रेट फरवार्डिङ

एकताको सन्देश दिन राष्ट्रिय झण्डासहित सद्भाव र्‍याली (तस्बिरहरू)

बुटवल– दुई फरक समुदायबीच भएको हिंसात्मक झडपले सुनसरी अस्तव्यस्त बनिरहँदा बुटवलमा

वालेन्द्र शाह रास्वपाको वरिष्ठ नेतामा मनोनीत

काठमाडौं- प्रधानमन्त्रीसमेत रहेका वालेन्द्र शाह सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीको वरिष्ठ