सफा हिमाल अभियान सुरु | Khabarhub Khabarhub

सफा हिमाल अभियान सुरु


२९ चैत्र २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


192
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली सेनाले सफा हिमाल अभियान सुरु गरेको छ । 

बिहीबार सैनिक मुख्यालय भद्रकालीमा आयोजित एक कार्यक्रमकाबीच प्रधानसेनापति प्रभुराम शर्माले सफा हिमाल अभियान, २०२४ का टोलीलाई ब्यानरसहित सामान हस्तान्तरण गरी अभियानको शुभारम्भ गरेका हुन् ।

यस अभियानमा ल्होत्से र नुप्से हिमालका बेसक्याम्प र सोभन्दा माथिका उचाईहरुबाट १० टन फोहोर तथा ५ वटा मानव शव संकलन गर्ने लक्ष्य लिइएको सेनाले जनाएको छ ।

संकलित फोहोरमध्ये नसड्ने फोहोर रिसाइकिल गर्ने संस्थालाई हस्तान्तरण गरिने प्रधानसेनापति शर्माले बताए । उनले संकलित फोहरलाई उचित व्यवस्थापन गर्न सके अभियानको औचित्य पुष्टि हुने धारणा राखे । प्रधानसेनापति शर्माले हिमालमा फोहर नै गर्न नदिने गरि सचेतना फैलाउनुपर्ने र नियमकर्ता र कानून निर्माताले पनि ध्यान दिनुपर्ने बताए ।

अभियान वि.सं २०८१ जेठ २३ विश्व वातावरण दिवसको दिन सकिने सफा हिमाल अभियान, २०२४ का अभियान निर्देशक सहायक रथी सञ्जय देउजाले जानकारी दिए । 

प्रकाशित मिति : २९ चैत्र २०८०, बिहीबार  ५ : ५४ बजे

इलाममा रास्वपासहित १६ उम्मेदवारको जमानत जफत (सूचीसहित)

इलामा– इलाम क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा सदस्यका लागि भएको

इजरायल–हमास युद्धविरामको संकेत

काठमाडौं– ६ महिनाको युद्धपछि इजरायल र हमासबीच दोस्रो युद्धविराम हुनसक्ने

स्वास्थ्य सेवा प्रणाली सुधारमा नेपाल सफल छ : स्वास्थ्यमन्त्री

वासिङ्टन– उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले संवैधानिक र

स्पेनिस ला लिगा : बार्सिलोनाको सहज जित

काठमाडौं– स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले सहज जित निकालेको छ

कस्तो छ आजको मौसम ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल