२० केजी गाजासहित २ जना पक्राउ « Khabarhub

२० केजी गाजासहित २ जना पक्राउ


२९ चैत्र २०८०, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

महोत्तरी– महोत्तरीको बर्दिबासबाट लागूऔषध गाजा सहित दुई जना पक्राउ परेका छन । वडा नं. १४ स्थित ट्रायल सेन्टरको  छेउबाट २० के.जि.९७४ ग्राम गाँजा सहित दुई जना पक्राउ परेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

पक्राउ पर्नेमा भंगाहा नगरपालिका वडा नं. ६ बस्ने ३२ वर्षीय कलाम अनसारी र बर्दिवास.१० बस्ने ४० वर्षीय पदम स्याङ्तान रहेका छन् ।

इलाका प्रहरी कार्यालय गौरिडाडावाट खटिएको  प्रहरी गस्ति टोलिलाई देख्ना साथ तिन  जना भागेका थिए । सेतो रंगको प्लाष्टिकको बोरा मकै बारीमा फ्याँकेर भागेका उनीहरु मध्य प्रहरी निरीक्षक प्रल्हाद सिलवाल र स्थानीयको रोहबरमा दुई जनालाई भने प्रहरीले नियन्त्रण लिएको इलाका प्रहरी कार्यालयका प्रमुख रेवतीरमन पोखरेलले जानकारी दिए  ।

फरार अर्को व्यक्तिको खोजी भइरहेको छ भने  पक्राउ परेकाहरूलाई जिल्ला अदालत महोत्तरीबाट सात दिनको  म्याद थपी इलाका प्रहरी कार्यालय बर्दिवासमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २९ चैत्र २०८०, बिहिबार  ६ : ५८ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको