स्पेनिस ला लिगा : अलाभेस र गिरोनाले खेले बराबरी « Khabarhub

स्पेनिस ला लिगा : अलाभेस र गिरोनाले खेले बराबरी


२९ बैशाख २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्पेनिस ला लिगा फुटबलमा डिपोर्टिभो अलाभेस र गिरोनाले बराबरी खेलेका छन् । गएराति भएको खेलमा दुवै टोलीले २–२ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् ।

अलाभेसका लागि जोन गुरिडीले दुई तथा गिरोनाका एरिक गार्सिया र याङ्गेल हेरेराले एक–एक गोल गरेका थिए ।

खेलको चौथो मिनेटमा गिरोनाका गार्सियाले टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए । तर अलाभेसका गुरिडीले १२औँ मिनेटमा गोल फर्काउँदै खेललाई १–१ को बराबरीमा ल्याए ।

त्यसपछि ४४औँ मिनेटमा गोल गर्दै हेरेराले गिरोनालाई २–१ गोलको अग्रता दिलाए । तर दोस्रो हाफको इन्जुरी समयको नवौँ मिनेटमा अलाभेसका गुरिडीले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई हारबाट जोगाउँदै २–२ गोलको बराबरी गरे ।

यो बराबरीसँगै गिरोना ३५ खेलबाट ७५ अंकसहित दोस्रो स्थानमा यथावत छ भने अलाभेस ४२ अंकका साथ ११औँ स्थानमा छ ।

पहिलो स्थानमा रहेको रियल मड्रिड ३४ खेलबाट ८७ अंकसहित शीर्षस्थानमा छ ।

प्रकाशित मिति : २९ बैशाख २०८१, शनिबार  ७ : ११ बजे

अफगानिस्तानको राजधानीमा बम विस्फोट, सात जनाको मृत्यु

काबुल – अफगानिस्तानको राजधानी काबुलमा सोमबार भएको विस्फोटमा परी कम्तीमा

सोलुखुम्बुमा आठ हजार ८४८ बोट वृक्षरोपण गरिने

सोलुखुम्बु – विश्व हिउँ दिवसको अवसर पारेर लुम्बिनी वल्र्ड पिस

स्याङ्जामा कांग्रेसबाट मल्ल र ढकाल उम्मेदवार बन्ने

काठमाडौं – स्याङ्जामा नेपाली कांग्रेसका पूर्व सांसद भागवतप्रकाश मल्ल र

पूर्णबहादुर खड्काले भनेः अवैधानिक निर्णयविरुद्धको रिट फिर्ता भएको छैन

काठमाडौं – नेपाली कांग्रेसको आधिकारिकता गुमाएको समूहका कार्यवाहक सभापति पूर्णबहादुर

फिल्म ‘श्री बुकुरो : द होम कलिङ’ फागुन १ मा आउने

काठमाडौं – सुदीप भुपाल सिंहको निर्देशनमा बनेको फिल्म ‘श्री बुकुरो