काठमाडौंका यी स्थानमा बत्ती जाने (सूचीसहित) | Khabarhub Khabarhub

काठमाडौंका यी स्थानमा बत्ती जाने (सूचीसहित)


२९ बैशाख २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


171
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल विद्युत प्राधिकरणले काठमाडौंका विभिन्न स्थानमा आजदेखि विद्युत आपूर्ति अवरुद्ध हुने जनाएको छ ।

प्राधिकरणले एक सूचना जारी गर्दै हुसनटार, खड्का गाउँ तथा थानकोट फिडरमा आजदेखि सोमबारसम्म बिहान ८ बजेदेखि दिउँसो २ बजेसम्म सेवा अवरुद्ध हुने जनाएको छ ।

प्राधिकरणका अनुसार काठमाडौंको पाटीचोक, अमरज्योति, पुरानो हेल्थपोस्ट, कृष्ण मन्दिर, नाग मन्दिर, गौतम गाउँ, असनटार, कंकाली, पहेँलो गुम्बा, गोदामचोक, महाँकाल, सीताराम स्कुल, पद्यमा तेस्रो, फस्कु, जयन्ती गाउँ, रामकोट, पुरीगाउँ, दर्शनखोला, दहचोक, भीमढुंगा, खड्का गाउँ, खत्री गाउँ र छत्रे देउराली क्षेत्रमा विद्युत् सेवा अवरुद्ध हुनेछ ।

यस्तै, सशस्त्र प्रहरीको गेट, शालिकचोक, एलआरआई, खड्का गाउँ, न्युडाइमन्ड, पुरानो हिमशिखर, पिलबोट, थानकोट, डाँडा कारखान, मितेरीचोक र पञ्चकन्या स्कुल क्षेत्रमा पनि बत्ती जानेछ । त्यसैगरी पुरानो नैकाप, बलम्बु, चुनदेवी, खहरे, दहचोक, ढुंगेधारा, ब्राइट फ्युचर, लामाचौर, बानियाँ गाउँ, किटनी भन्जयाङ, बाइछाप, यातायात, दाउरा डिपो, हाइभिजन कोलोनी, पशुविकास र सिर्जना चोक क्षेत्रमा पनि विद्युत् सेवा अवरुद्ध हुनेछ ।

प्राधिकरणका अनुसार आगामी जेठ २ गतेदेखि ४ गतेसम्म थानकोट र बलम्बु फिडरमा बिहान ८ बजेदेखि दिउँसो २ बजेसम्म विद्युत् सेवा अवरुद्ध हुनेछ।

जनमा थानकोट फिडर अन्तर्गतको पुरानो नैकाप, बलम्बु, चुनदेवी, खहरे, दहचोक, ढुंगेधारा, ब्राइट फ्युचर, लामाचौर, बानियाँ गाउँ, किटनी भन्ज्याङ, बाइछाप, यातायात, दाउरा डिपो, आइभिजन कोलोनी, पशुविकास, सिर्जना चोक क्षेत्रमा बिहान ८ बजेदेखि दिउँसो २ बजेसम्म विद्युत् सेवा अवरुद्ध हुनेछ ।

त्यसैगरी, बलम्बु फिडर अन्तर्गत पर्ने कलंकी, ढुंगेअड्डा, आर्केट कोलोनी, तीनथाना, नैकाप, विष्णुदेवी, बोसीगाउँ, हरियाली, सतुंगल, नयाँ नैकाप, चुनदेवी र प्रगति नगर क्षेत्रमा बत्ती जाने प्राधिकरणले जनाएको छ ।

प्रकाशित मिति : २९ बैशाख २०८१, शनिबार  ७ : ३७ बजे

आत्मनिर्भर बनाउन जीवनोपयोगी सीप सिकाइँदै

भोजपुर– भोजपुरको टेम्केमैयुङ गाउँपालिकाले महिलालाई उद्यमशीलसँगै आत्मनिर्भर बनाउन सीपमूलक कार्यक्रममा

प्रधानमन्त्री कप पुरुष क्रिकेट आजदेखि लुम्बिनीमा हुँदै

बुटवल– नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा आजदेखि प्रधानमन्त्री कप

च्याम्पियन्स ट्रफी फाइनल : भारत र न्युजिल्यान्डको भिडन्त आज

काठमाडौं – आइतबार हुने च्याम्पियन्स ट्रफीको फाइनलमा भारत र न्युजिल्यान्ड

पुल निर्माण भएपछि पदमार्गमा आउने पर्यटकलाई सहज

म्याग्दी– धवलागिरि गाउँपालिका– ३ मुनाको बाङखोलामा पुल निर्माण भएपछि बर्खायाममा

दुई पालिकालाई कृषि एम्बुलेन्स सहयोग

तनहुँ– सूर्य नेपाल प्रालिले तनहुँका दुई पालिकालाई कृषि एम्बुलेन्स सहयोग