दुर्लभ मानिएको लिंगको क्यान्सर विश्वभर बढ्यो, १० वर्षमा चार हजारको मृत्यु « Khabarhub

दुर्लभ मानिएको लिंगको क्यान्सर विश्वभर बढ्यो, १० वर्षमा चार हजारको मृत्यु


२९ बैशाख २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – विश्वभर समस्याको रुपमा देखिएको क्यान्सरको असर पुरुषको लिंगमा पनि बढ्दै गएको पाइएको छ। ब्राजिलमा भएको एक अध्ययनले विश्वभर पुरुष लिंगको क्यान्सरका बिरामी बढ्दै गएको देखाएको हो।

लिंगको क्यान्सरका बिरामी बढ्दै जाँदा मृत्युको ग्राफसमेत बढेको अध्ययनमा उल्लेख गरिएको छ। ब्राजिलको स्वास्थ्य मन्त्रालयले गरेको एक अध्ययनले यस्तो निष्कर्ष सार्वजनिक गरेको हो।

लिङ्गमा हुने क्यान्सर दुर्लभ भए पनि यसका बिरामी र मृत्यु दर बढ्दै गएको हो। ब्राजिलमा मात्रै एक लाख व्यक्ति मध्ये २ दशमलव १ प्रतिशतमा लिङ्गमा हुने क्यान्सर भएको नयाँ अध्ययनले देखाएको छ।

ब्राजिलको स्वास्थ्य मन्त्रालयका अनुसार सन् २०१२ बाट २०२२ सम्ममा २१ हजारमा लिंगको क्यान्सर पुष्टि भएको छ। जसमध्ये चार हजारभन्दा धेरैको मृत्यु भइसकेको छ।

यसबाट बच्न लिंगको सफाइमा विशेष ध्यान दिनुपर्ने चिकित्सकको सुझाव छ । -बिबिसीबाट

प्रकाशित मिति : २९ बैशाख २०८१, शनिबार  ८ : १२ बजे

कालीगण्डकी करिडोर : यस्तो बन्यो तातोपानी-घाँसा खण्ड

म्याग्दी – चीन र भारत जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर,

घोडाघोडीमा निःशुल्क आँखा जाँच शिविर, ३८४ जनाको परीक्षण

कैलाली– घोडाघोडी नगरक्षेत्रमा मोतियाबिन्दुको समस्या उच्च पाइएको छ । जिल्लाको

वैभवीलाई भारतमा तीन स्वर्ण

काठमाडौं – तेक्वान्दो खेलाडी वैभवी सापकोटाले तेस्रो कालिम्पोङ अन्तरराष्ट्रिय तेक्वान्दो

गाउँमै वाइन उद्योग स्थापना भएपछि किबी किसानलाई राहत

धनकुटा– गाउँमा नै किबी खपत गर्ने वाइन उद्योग सञ्चालनमा आएपछि

धान उत्पादन घट्यो

भोजपुर– अनियमित मौसमका कारण भोजपुरमा यस वर्ष धान उत्पादनमा गिरावट