लोकसभा चुनाव : दिल्लीमा मुस्लिम मतदाता ‘गेम चेन्जर’ « Khabarhub

लोकसभा चुनाव : दिल्लीमा मुस्लिम मतदाता ‘गेम चेन्जर’


२९ बैशाख २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


216
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली – भारतको दिल्लीमा लोकसभा चुनाव आगामी २५ मे मा हुनेछ। दिल्लीमा इन्डिया गठबन्धन र भारतीय जनता पार्टी (बिजेपी) बिच प्रतिस्पर्धा हुनेछ।

इन्डिया गठबन्धन (इन्डिया एलाइन्स)को तर्फबाट आम आदमी पार्टीले चार सिट र कांग्रेसले तीन सिटमा आफ्नो उम्मेद्वार अगाडि सारेका छन्।

सन् २०१९ मा भारतीय जनता पार्टीले सबै सात सिट आफ्नो पक्षमा पारेको थियो। तर पहिलेको तुलनामा यो चुनावमा निकै रोमान्चक प्रतिस्पर्धा हुने देखिएको छ।

सबै सिटमा मुस्लिम मतदाताको भोटले महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ। दिल्लीको सबै सिटमा मुस्लिम मतदाता गेम चेन्जरको रुपमा रहने राजनीतिक जानकार बताउँछन्।

मुस्लिम समुदायको भोट पाउने उम्मेद्वारले जित्ने पक्का जस्तै भएको जानकारको भनाइ छ। यो चुनावको लागि सबै तयारी अन्तिम चरणमा पुगेको दिल्लीका मुख्य निर्वाचन अधिकारी कृष्ण मूर्तिले बताए।

मतदानको लागि केन्द्र र दिल्ली सरकारले एक लाखभन्दा धेरै अधिकारी र कर्मचारी खटाएका छन्। ६ हजार ८३३ मतदान केन्द्रमा वेव कास्टको माध्यमबाट निगरानी गरिनेछ।

सात सिटको लागि दुई सय ६५ जना उम्मेद्वार चुनावी मैदानमा छन्। वृद्धवृद्धा र अशक्तको लागि विशेष व्यवस्था गरिएको मुख्य निर्वाचन अधिकारीले बताएका छन्।

 तस्बिरः बिबिसी हिन्दी

प्रकाशित मिति : २९ बैशाख २०८१, शनिबार  ११ : २५ बजे

देवानगञ्ज घटना : तनाव बढ्दै गएपछि सडकमा सेना, केन्द्रीय सुरक्षा समितिको बैठक डाकियो

काठमाडौं– सुनसरीको देवानगञ्ज गाउँपालिका–३ स्थित कप्तानगञ्ज (नयाँ हटिया क्षेत्र) मा

प्रतिबन्धित वस्तुको बिक्री वितरण नगर्न विभागको आग्रह

काठमाडौं– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले नेपाल सरकारले प्रतिबन्ध

ओलीको नाम लेखिएको शिलालेखबारे मन्त्री लम्सालको जवाफ : त्यसलाई हामी फेरि पुनर्स्थापना गर्छौँ

काठमाडौं- पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले तत्कालीन प्रधानमन्त्री केपी शर्मा

दूध उत्पादक किसानलाई पाँच करोड ५८ लाख अनुदान

गण्डकी– आर्थिक वर्ष २०८२/८३ मा गण्डकी प्रदेशका ११ हजार २३२

समस्याहरू समाधान गर्दै सरकार अघि बढिरहन्छ : शिक्षामन्त्री पोखरेल

काठमाडौं- शिक्षामन्त्री सस्मित पोखरेलले विभिन्न क्षेत्रमा देखिएका समस्याहरूको समाधान गर्दै