लोकसभा चुनाव : दिल्लीमा मुस्लिम मतदाता ‘गेम चेन्जर’ « Khabarhub

लोकसभा चुनाव : दिल्लीमा मुस्लिम मतदाता ‘गेम चेन्जर’


२९ बैशाख २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


216
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली – भारतको दिल्लीमा लोकसभा चुनाव आगामी २५ मे मा हुनेछ। दिल्लीमा इन्डिया गठबन्धन र भारतीय जनता पार्टी (बिजेपी) बिच प्रतिस्पर्धा हुनेछ।

इन्डिया गठबन्धन (इन्डिया एलाइन्स)को तर्फबाट आम आदमी पार्टीले चार सिट र कांग्रेसले तीन सिटमा आफ्नो उम्मेद्वार अगाडि सारेका छन्।

सन् २०१९ मा भारतीय जनता पार्टीले सबै सात सिट आफ्नो पक्षमा पारेको थियो। तर पहिलेको तुलनामा यो चुनावमा निकै रोमान्चक प्रतिस्पर्धा हुने देखिएको छ।

सबै सिटमा मुस्लिम मतदाताको भोटले महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ। दिल्लीको सबै सिटमा मुस्लिम मतदाता गेम चेन्जरको रुपमा रहने राजनीतिक जानकार बताउँछन्।

मुस्लिम समुदायको भोट पाउने उम्मेद्वारले जित्ने पक्का जस्तै भएको जानकारको भनाइ छ। यो चुनावको लागि सबै तयारी अन्तिम चरणमा पुगेको दिल्लीका मुख्य निर्वाचन अधिकारी कृष्ण मूर्तिले बताए।

मतदानको लागि केन्द्र र दिल्ली सरकारले एक लाखभन्दा धेरै अधिकारी र कर्मचारी खटाएका छन्। ६ हजार ८३३ मतदान केन्द्रमा वेव कास्टको माध्यमबाट निगरानी गरिनेछ।

सात सिटको लागि दुई सय ६५ जना उम्मेद्वार चुनावी मैदानमा छन्। वृद्धवृद्धा र अशक्तको लागि विशेष व्यवस्था गरिएको मुख्य निर्वाचन अधिकारीले बताएका छन्।

 तस्बिरः बिबिसी हिन्दी

प्रकाशित मिति : २९ बैशाख २०८१, शनिबार  ११ : २५ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै