मलेखु-तिप्लिङ-स्याफ्रुबेंसी वैकल्पिक मार्ग बनाउन माग « Khabarhub

मलेखु-तिप्लिङ-स्याफ्रुबेंसी वैकल्पिक मार्ग बनाउन माग


२९ बैशाख २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


681
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पासाङ ल्ह्यामु राजमार्गको वेत्रावती–धुन्चे–स्याफ्रुबेंसी हुँदै उत्तरी छिमेकी चीनको स्वशासित क्षेत्र तिब्बतको केरुङ जोड्ने सडकको वैकल्पिक बाटो निर्माणमा जोड दिन एक प्रतिनिधिमण्डलले अर्थमन्त्री वर्षमान पुनसँग माग गरेको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्षसमेत रहेका सांसद बुद्धिमान तामाङको नेतृत्वको प्रतिनिधिमण्डलले अर्थमन्त्री पुनलाई भेटी गल्छी धुन्चे– स्याफ्रुबेंसीको वैकल्पिक मार्गका रुपमा धादिङको मलेखु, रुबीभ्याली हुँदै केरुङ जोड्ने सडक निर्माणलाई प्राथमिकतामा राख्न आग्रह गरेका हुन् ।

धादिङको मलेखु हुँदै केरुङसम्मको सडकको ट्रयाक खोल्ने काम सकिएको जनाउँदै तामाङ नेतृत्वको टोलीले उक्त बाटोको स्तरोन्नतिका लागि आगामी बजेटमा रकम विनियोजन गर्न माग गरेका छन्। धादिङतर्फको बाटो निर्माण हुँदा कुनै कारणले वेत्रावती–धुन्चे–स्याफ्रुबेंसी हुँदै केरुङ सडक अवरुद्ध हुँदा विकल्प खुला हुने राप्रपाको जोड छ ।

त्यसले उत्तर–दक्षिण जोड्ने छिटो र छरिता बाटो पनि हुने जनाउँदै तामाङले भने, ‘ट्रयाक खोल्ने काम सकिएकाले त्यसको स्तरोन्नतिमा ध्यान दिन सके वैकल्पिक मार्ग मात्र होइन दक्षिणी छिमेकी भारत जोड्ने छोटो अन्तर्राष्ट्रिय मार्ग हुनेछ।’ यो सडक काठमाडौँलाई चीनसँग जोड्ने सडक मात्र नभएर नेपाली भूमि हुँदै भारत र चीन जोड्ने पनि सबैभन्दा छोटो सडक हुने उनले दाबी गरे।

पृथ्वी राजर्मागअन्तर्गत मलेखुबाट धादिङ बेसीसम्म १८ किलोमिटर दूरी छ भने त्यहाँबाट उत्तरी धादिङको तिप्लिङ खण्ड ८० किलोमिटर रहेको छ। तिप्लिङदेखि रसुवाको सिमाना सोमताङसम्म २७ र त्यहाँबाट स्याफ्रुबेंसी हुँदै टिमुरेसम्म ४७ किलोमिटर दूरी छ ।

राप्रपाका सांसदहरू ध्रुवबहादुर प्रधान, दीपकबहादुर सिंह, ज्ञानेन्द्र शाही, विना लामा, विना जैसवाल र अनिसा नेपालीसहितको भेटमा अर्थमन्त्री पुनले धादिङको मलेखुबाट रसुवाको स्याफ्रुबेंसी हुँदै रसुवागढी नाका जोड्ने कच्ची सडक बनिसकेको अवस्थामा त्यसको स्तरोन्नतिका बजेट विनियोजन गर्दै वैकल्पिक मार्गका रुपमा विकास गर्न सरकारले आवश्यक योजना अघि सार्ने आश्वासन दिएका छन् ।

प्रकाशित मिति : २९ बैशाख २०८१, शनिबार  १ : ५६ बजे

पोखराको केदारेश्वर मन्दिरमा साउने सोमबारको रौनक (तस्बिरहरू)

पोखरा– साउनको दोस्रो सोमबार आज पोखराको केदारेश्वर मन्दिरमा दर्शनार्थीको भीड लागेको

‘गौँथली’ को बम्पर व्यापार, पहिलो सातामा साढे २ लाखले हरे

काठमाडौं – डा. कपिल रिजालको निर्देशनमा बनेको फिल्म ‘गौँथली’ ले

मानव अधिकार संरक्षण गर्न प्रदेशस्तरीय कानुन आवश्यक छ : प्रदेश प्रमुख कर्ण

जनकपुरधाम– मधेस प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले मानव अधिकारको प्रभावकारी

मन्त्री लम्सालले भने- खानेपानी उपभोक्ताको माग सम्बोधन गर्छौँ

काठमाडौं– पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले नागढुंगा सुरुङमार्ग उद्घाटन स्थलमा प्रदर्शन

काँकडभिट्टा-लौकही सडक विस्तारको पूर्वी खण्डमा ३८ प्रतिशत प्रगति

भद्रपुर– पूर्व–पश्चिम राजमार्गअन्तर्गत निर्माणाधीन काँकडभिट्टा–लौकही सडक विस्तार तथा स्तरोन्नति आयोजनाको