मलेखु-तिप्लिङ-स्याफ्रुबेंसी वैकल्पिक मार्ग बनाउन माग « Khabarhub

मलेखु-तिप्लिङ-स्याफ्रुबेंसी वैकल्पिक मार्ग बनाउन माग


२९ बैशाख २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


681
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पासाङ ल्ह्यामु राजमार्गको वेत्रावती–धुन्चे–स्याफ्रुबेंसी हुँदै उत्तरी छिमेकी चीनको स्वशासित क्षेत्र तिब्बतको केरुङ जोड्ने सडकको वैकल्पिक बाटो निर्माणमा जोड दिन एक प्रतिनिधिमण्डलले अर्थमन्त्री वर्षमान पुनसँग माग गरेको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्षसमेत रहेका सांसद बुद्धिमान तामाङको नेतृत्वको प्रतिनिधिमण्डलले अर्थमन्त्री पुनलाई भेटी गल्छी धुन्चे– स्याफ्रुबेंसीको वैकल्पिक मार्गका रुपमा धादिङको मलेखु, रुबीभ्याली हुँदै केरुङ जोड्ने सडक निर्माणलाई प्राथमिकतामा राख्न आग्रह गरेका हुन् ।

धादिङको मलेखु हुँदै केरुङसम्मको सडकको ट्रयाक खोल्ने काम सकिएको जनाउँदै तामाङ नेतृत्वको टोलीले उक्त बाटोको स्तरोन्नतिका लागि आगामी बजेटमा रकम विनियोजन गर्न माग गरेका छन्। धादिङतर्फको बाटो निर्माण हुँदा कुनै कारणले वेत्रावती–धुन्चे–स्याफ्रुबेंसी हुँदै केरुङ सडक अवरुद्ध हुँदा विकल्प खुला हुने राप्रपाको जोड छ ।

त्यसले उत्तर–दक्षिण जोड्ने छिटो र छरिता बाटो पनि हुने जनाउँदै तामाङले भने, ‘ट्रयाक खोल्ने काम सकिएकाले त्यसको स्तरोन्नतिमा ध्यान दिन सके वैकल्पिक मार्ग मात्र होइन दक्षिणी छिमेकी भारत जोड्ने छोटो अन्तर्राष्ट्रिय मार्ग हुनेछ।’ यो सडक काठमाडौँलाई चीनसँग जोड्ने सडक मात्र नभएर नेपाली भूमि हुँदै भारत र चीन जोड्ने पनि सबैभन्दा छोटो सडक हुने उनले दाबी गरे।

पृथ्वी राजर्मागअन्तर्गत मलेखुबाट धादिङ बेसीसम्म १८ किलोमिटर दूरी छ भने त्यहाँबाट उत्तरी धादिङको तिप्लिङ खण्ड ८० किलोमिटर रहेको छ। तिप्लिङदेखि रसुवाको सिमाना सोमताङसम्म २७ र त्यहाँबाट स्याफ्रुबेंसी हुँदै टिमुरेसम्म ४७ किलोमिटर दूरी छ ।

राप्रपाका सांसदहरू ध्रुवबहादुर प्रधान, दीपकबहादुर सिंह, ज्ञानेन्द्र शाही, विना लामा, विना जैसवाल र अनिसा नेपालीसहितको भेटमा अर्थमन्त्री पुनले धादिङको मलेखुबाट रसुवाको स्याफ्रुबेंसी हुँदै रसुवागढी नाका जोड्ने कच्ची सडक बनिसकेको अवस्थामा त्यसको स्तरोन्नतिका बजेट विनियोजन गर्दै वैकल्पिक मार्गका रुपमा विकास गर्न सरकारले आवश्यक योजना अघि सार्ने आश्वासन दिएका छन् ।

प्रकाशित मिति : २९ बैशाख २०८१, शनिबार  १ : ५६ बजे

सभामुख घिमिरेसँग चिनियाँ राजदूत सोङको बिदाइ भेट

काठमाडौं– प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेसँग नेपालका लागि जनवादी गणतन्त्र चीनका

‘अर्काको सुन लगायो, आफ्नो कानलाई दुख’

काठमाडौं – अमेरिकामा धेरै कलाकार गए– आए । कलाकार बनेर

‘व्यावसायिक वातावरण निर्माणमा सरकार प्रतिबद्ध छ’

काठमाडौं– उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव रामप्रसाद घिमिरेले मुलुकमा

नेपालगञ्जमा सार्वजनिक नीति साझेदारी ऐन पारित

नेपालगञ्ज– नेपालगञ्ज उपमहानगरपालिकाले संशोधनसहित आर्थिक ऐन, २०८२ र सार्वजनिक नीति साझेदारी

बुद्ध हिमाल हिमालचुली ग्रेट लेक्स सर्किटको नयाँ पदमार्गको विकास

काठमाडौं– गोरखा र लमजुङका पाँच स्थानीय तहलाई समेटेर बुद्ध हिमाल