कर्णालीका मुख्यमन्त्री कँडेलले बोलाए सर्वदलीय बैठक | Khabarhub Khabarhub

कर्णालीका मुख्यमन्त्री कँडेलले बोलाए सर्वदलीय बैठक


२९ बैशाख २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


408
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले सर्वदलीय बैठक बोलाएका छन् ।

प्रदेशको समग्र विकास र समृद्धिका लागि साझा धारणा बनाउन भन्दै मुख्यमन्त्री कँडेलले जेठ ४ गते सर्वदलीय बैठक आह्वान गरेका हुन् ।

मुख्यमन्त्री कँडेलको सचिवालयका अनुसार प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलका प्रदेश अध्यक्ष, संसदीय दलका नेता तथा प्रमुख सचेतकलाई बैठकमा सहभागीका लागि आग्रह गरेका छन् ।

सर्वदलीय बैठकमार्फत मुख्यमन्त्री कँडेलले प्रदेश सभामा प्रतिनिधित्व गर्ने दलहरूबीच आसन्न नीति तथा कार्यक्रम र बजेटका विषयमा साझा सहमति खोज्ने प्रयास गरेको बताइएको छ ।

कर्णाली प्रदेशसभामा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमाले, एकिकृत समाजवादी र राप्रपाको प्रतिनिधित्व रहेको छ ।

प्रकाशित मिति : २९ बैशाख २०८१, शनिबार  २ : ०६ बजे

भानु जयन्तीको पूर्वसन्ध्यामा भानु रथयात्रा

काठमाडौं– भानु जयन्तीको पूर्वसन्ध्यामा विराटनगर प्रज्ञा प्रतिष्ठानले शनिबार विराटनगरमा भानु रथयात्रा

चार वर्षपछि हट्यो फिफाको आर्थिक बन्देज, एन्फा नेतृत्व सफल भएको दाबी

काठमाडौं– आर्थिक अपारदर्शिता र भ्रष्टचारको आरोपमा चार वर्षदेखि विश्व फुटबल

म्यान्मामा गुम्बालक्षित हवाई आक्रमण, २२ जना सर्वसाधारणको मृत्यु

एजेनसी – म्यान्माको सागाइङ क्षेत्रको लीन ता लु गाउँस्थित एक

कसरी बन्यो तपाईँको थर ?

काठमाडौँ – थर अर्थात् वंशानुगत उपपद, मूल कुल परम्पराबाट सन्तान

प्रधानमन्त्री ओलीद्वारा इलामको माई नगर अस्पताल उद्‌घाटन

फिक्कल– प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार इलामको माई नगरपालिकामा निर्मित