गृहमन्त्रीमाथि छानबिन गर्न समिति बन्नुपर्छ, राप्रपा सरकार ढाल्ने खेलमा छैन : अध्यक्ष लिङदेन  « Khabarhub

गृहमन्त्रीमाथि छानबिन गर्न समिति बन्नुपर्छ, राप्रपा सरकार ढाल्ने खेलमा छैन : अध्यक्ष लिङदेन 


२९ बैशाख २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


4.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले गृहमन्त्रीमाथि छानबिन गर्न समिति बन्नुपर्ने बताएका छन् । 

सहकारी काण्डमा मुछिएको कुरा छताछुल्ल भएपछि पनि गृहमन्त्री रवि लामिछाने साखिलो भएर बस्न नहुने बताए । 

उनले कुनै पनि संसद् कुनै घटनामा मुछिएपछि समिति बनेर छानबिन भएको घटना सम्झँदै गृहमन्त्रीमाथि पनि संसदीय छानबिन समिति बन्नुपर्ने कांग्रेसको अडानमा आफूहरूको साथ रहेको प्रस्ट पारे । 

शनिबार खबरहबसँग कुरा गर्दे लिङदेनले भने,- ‘राप्रपाले वर्तमान विकसित राजनीतिक अवस्थालाई होसियारीपूर्वक नजिकबाट नियाली रहेको छ । गृहमन्त्री माथि छानबिन समिति बन्नुपर्छ यो राप्रपाको लाइन हो ।’ 

उनले अगाडि थपे, ‘हामी आफ्नो आगामी आन्दोलनको स्वरूपको बारेमा पनि छलफलमा छौँ ।’ 

उनले राप्रपा कसैसँग मिलेर वैकल्पिक गठबन्धन बनाउने खेलमा नलागेको समेत प्रस्ट पारे । 

उनले भने, ‘राप्रपा सरकार ढाल्ने र बचाउने खेलमा छैन । सत्यको पक्षमा छ । कुरा यति हो कि गृहमन्त्रीमाथि संसदीय छानबिन समिति बन्नुपर्छ ।’ 

राप्रपा पछिल्लो समय ११, १२ र १३ गते हुने केन्द्रीय कार्यसमिति बैठकको तयारीमा लागेको समेत लिङदेनले बताए ।  सो बैठकमा पार्टीको कार्यक्रम र अन्य तयारीका बारेमा छलफल हुने उनको भनाइ छ ।

प्रकाशित मिति : २९ बैशाख २०८१, शनिबार  २ : ४६ बजे

जनकपुरले जित्यो टस, पहिले फिल्डिङ गर्ने

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

ओलीले भने- नेपालीहरूमा आफ्ना देशका विद्वानलाई नचिन्ने प्रवृत्ति छ

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालीहरूमा आफ्ना देशका

संसदीय विशेष समितिले माग्यो बाढी प्रभावित क्षेत्रमा भएको क्षति र राहत वितरणको विवरण

काठमाडौँ– राष्ट्रिय सभाअन्तर्गतको भोटेकोशी एवम् कालीगण्ड तटीय क्षेत्रमा विपद्सम्बन्धी अध्ययन

‘कफी विद करण’ पछि विवादमा रश्मिका–विजय, गलत सूचना फैलाएको भन्दै साइबरमा उजुरी

काठमाडौं- बलिउड तथा दक्षिण भारतीय फिल्मका चर्चित जोडी विजय देवरकोण्डा

के विजयकै बाटो पछ्याउँदै राजनीतिमा आउँदैछन् धनुष ? आरएसएस नेतासँगको भेटले बढायो चर्चा

काठमाडौं– दक्षिण भारतका  चर्चित अभिनेता धनुष अब फिल्मी पर्दाबाट राजनीतिक