३१३ किलो गाँजा र अवैध लागूऔषधसहित चार जना पक्राउ | Khabarhub Khabarhub

३१३ किलो गाँजा र अवैध लागूऔषधसहित चार जना पक्राउ


२९ बैशाख २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – ३१३ किलो गाँजा र अवैध लागूऔषधसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ । सुनसरीको धरानबाट एकसहित देशका विभिन्न स्थानबाट तीन जनालाई लागूऔषधसहित पक्राउ गरिएको केन्द्रीय प्रहरी समाचार कक्षले जानकारी दिएको छ ।

धरान उपमहानगरपालिका-८ स्थित बुढासुब्बा वर्कसपबाट अवैध लागूऔषध गाँजा ३१३ किलोसहित सोही वर्कसपमा काम गर्ने धरान उपमहानगरपालिका-१५ बस्ने २८ वर्षीय आशिष कार्कीलाई शुक्रबार बेलुकी प्रहरीले पक्राउ गरेको हो ।

विशेष सूचनाको आधारमा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर र इलाका प्रहरी कार्यालय धरानबाट खटिएको संयुक्त टोलीले वर्कसपको कम्पाउण्डभित्र शंकास्पद अवस्थामा रहेको बा.१० च ६८३८ नम्बरको स्कार्पियो गाडीलाई जाँच गर्दा उक्त परिमाणको गाँजा फेला पारी कार्की पक्राउ परेका प्रहरीले जनाएको छ ।

झापाको भद्रपुर नगरपालिका-३ दाउरे चिया बगानबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ४ ग्राम ३४० मिलिग्रामसहित सोही ठाउँ बस्ने २३ वर्षीय बबिन लिम्बुलाई शनिबार दिउँसो पक्राउ परेका छन्‌ । इलाका प्रहरी कार्यालय पृथ्वीनगरबाट खटिएको प्रहरीले मे.१० प १८९९ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा चालक लिम्बुलाई उक्त पदार्थसहित पक्राउ गरेको जानकारी दिएको हो ।

बाँकेको नेपालगञ्‍ज उपमहानगरपालिका-१५ बाट पनि अवैध लागूऔषध ब्राउनसुगरजस्तो देखिने पदार्थ ४०० मिलिग्रामसहित सोही उपमहानगरपालिका-१० भृकुटीनगर बस्ने १७ वर्षीय किशोरलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय जमुनाह समेतबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको प्रदेश ०३९०२४ प ०६७५ नम्बरको स्कुटरलाई जाँच गर्ने क्रममा स्कुटर चालक किशोरलाई उक्त पदार्थसहित पक्राउ गरेको जनाएको हो ।

कैलालीको गोदावरी नगरपालिका-१ बरपिपल गल्ली बस्ने २६ वर्षीय विकास कट्टेललाई अवैध लागूऔषध खैरो हेरोइनजस्तो देखिने पदार्थ १ ग्रामसहित शनिबार दिउँसो नै प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।

पक्राउ परेकाहरूमाथि आवश्यक अनुसन्धान थालिएको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : २९ बैशाख २०८१, शनिबार  ४ : ४८ बजे

भानु जयन्तीको पूर्वसन्ध्यामा भानु रथयात्रा

काठमाडौं– भानु जयन्तीको पूर्वसन्ध्यामा विराटनगर प्रज्ञा प्रतिष्ठानले शनिबार विराटनगरमा भानु रथयात्रा

चार वर्षपछि हट्यो फिफाको आर्थिक बन्देज, एन्फा नेतृत्व सफल भएको दाबी

काठमाडौं– आर्थिक अपारदर्शिता र भ्रष्टचारको आरोपमा चार वर्षदेखि विश्व फुटबल

म्यान्मामा गुम्बालक्षित हवाई आक्रमण, २२ जना सर्वसाधारणको मृत्यु

एजेनसी – म्यान्माको सागाइङ क्षेत्रको लीन ता लु गाउँस्थित एक

कसरी बन्यो तपाईँको थर ?

काठमाडौँ – थर अर्थात् वंशानुगत उपपद, मूल कुल परम्पराबाट सन्तान

प्रधानमन्त्री ओलीद्वारा इलामको माई नगर अस्पताल उद्‌घाटन

फिक्कल– प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार इलामको माई नगरपालिकामा निर्मित