घलेगाउँ र भुजुङ जोड्ने सडक कालोपत्र | Khabarhub Khabarhub

घलेगाउँ र भुजुङ जोड्ने सडक कालोपत्र


२९ बैशाख २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


270
Shares
  • change font
  • change font
  • change font

गण्डकी– गण्डकी प्रदेश सरकारको लगानीमा लमजुङको क्व्होलासोथार गाउँपालिकास्थित पर्यटकीय घलेगाउँ र भुजुङ जोड्ने सडक कालोपत्र गर्न थालिएको छ । 

भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयको बेसीसहर–बागलुङपानी–घलेगाउँ सडक आयोजनाअन्तर्गत बागलुङपानीदेखि घलेगाउँतर्फ कालोपत्र गर्न सुरु गरिएको हो ।

बागलुङपानी–घलेगाउँ जोड्ने १० किमिमा कालोपत्र र घलेगाउँदेखि मस्याङ्दी गाउँपालिका–१ हुँदै क्व्होलासोथार–४ भुजुङ जोड्ने सात किमि सडक ग्राभेल गर्ने कामले तीव्रता पाएको पूर्वाधार विकास कार्यालय लजमुङले जनाएको छ । 

कान्छाराम कन्सट्रक्सनले विसं २०७६ मा रु ३६ करोड ६६ लाखमा ठेक्का सम्झौता गरेको यो सडक आयोजना विसं २०७८ मा सम्पन्न हुनुपर्नेमा कोरोना महामारीका कारण पछाडि धकेलिएको थियो । 

दुई वर्षपछि निर्माणले गति लिएको सडकको बागलुङपानीदेखि घलेगाउँतर्फ प्रिमिक्स प्रविधिको कालोपत्र गर्न थालिएको पूर्वाधार विकास कार्यालयका प्रमुख विवेक सिग्देलले बताए। एक किमि पाँच सय मिटर दुईतर्फी र सात सय मिटर एकतर्फी कालोपत्र भइसकेको उनको भनाइ छ । 

घलेगाउँसम्म सडक चौडा, नाली, पर्खाल निर्माणलगायतका काम सकेर सब–बेस राखिसकिएको निर्माण कम्पनीले जनाएको छ । कम्पनीका अनुसार पहिरो प्रभावित तोरीबारी–खेनगी खण्डबाहेकको ठाउँमा कालोपत्र गर्ने तयारी भइरहेको छ ।

 घलेगाउँदेखि भुजुङतर्फ ग्राभेल गर्नका लागि सडक चौडा पार्ने, नाली, पर्खाल, ग्रेड तथा घुम्ती सुधारको कामलाई तीव्रता दिइएको सो खण्डको सहायक निर्माण कम्पनी भरोस निर्माण सेवाका सञ्चालक भरोस खड्काले बताउनुभयो । 

सडक कालोपत्र भएपछि दुवै पर्यटकीय गाउँका स्थानीयवासीदेखि आन्तरिक तथा बाह्य पर्यटकलाई आउजाउ गर्न सहज हुने क्व्होलासोथार गाउँपालिका-३ का वडाध्यक्ष आशवीर गुरुङले बताए।  ‘स्मार्ट गाउँ’ले चिनिने घलेगाउँ र छिमेकी भुजुङ गाउँको पर्यटन प्रवर्द्धनमा थप मद्दत पुग्ने उनको भनाइ छ । सडकलाई समयमै पूर्णता दिन वडाले समन्वय र सहजिकरणको काम गरिरहेको वडाध्यक्ष गुरुङले बताए। 

यसअघि जिल्ला सदरमुकाम बेसीसहरदेखि बागलुङपानीतर्फ तीन किमि सडक कालोपत्र भइसकेको जनाएको छ । यस वर्ष थप रु १४ करोड बजेटको ठेक्का लगाइएको पूर्वाधार विकास कार्यालयले जनाएको छ । यो सडकले पश्चिम लमजुङको विकास र उन्नतिमा महत्वपूर्ण टेवा पुग्ने स्थानीयवासी बताउँछन् ।

प्रकाशित मिति : २९ बैशाख २०८१, शनिबार  ५ : २६ बजे

मुस्ताङ र मनाङमा भारी वर्षा

काठमाडौं–  पश्चिमी वायुका साथै अरब सागरबाट उत्पन्न न्यून चापीय प्रणालीका

जापानमा भालु आक्रमण तीव्र, गभर्नरद्वारा सैन्य सहयोगको आह्वान

टोकियो– जापानमा यस वर्ष रेकर्डस्तरमा पुगेका भालु आक्रमणहरूका कारण उत्तर

जेन-जी आन्दोलनको समन्वय संघर्ष समितिले सार्वजनिक गर्‍यो सरकारको अवधारणा  

काठमाडौं– जेन-जीको आह्वानमा भएको जनआन्दोलन २०८२ को समन्वय संघर्ष समितिले

प्रहरीमाथि कुटपिट गरेको आरोपमा दुई जना पक्राउ

काठमाडौं– प्रहरीले गत भदौ २४ गते जेन-जी आन्दोलनका क्रममा प्रहरी