डा. गोविन्द केसी २२औं आमरण अनशनमा, यो पटक प्रधानमन्त्रीको राजीनामा माग « Khabarhub

डा. गोविन्द केसी २२औं आमरण अनशनमा, यो पटक प्रधानमन्त्रीको राजीनामा माग


२९ बैशाख २०८१, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – हाडजोर्नी विशेषज्ञ डा. गोविन्द केसीले २२औं आमरण अनशन थालेका छन्‌ । केसीले यसपटक अनशनको माग प्रधानमन्त्री पुष्पकमल दाहालको राजीनामा बनाएका छन्‌ ।

अनशन थाल्नुअघि शनिबार दिउँसो विज्ञप्ति जारी गर्दै डा. केसीले १० वर्षे सशस्त्र द्वन्द्वकालमा हालका प्रधानमन्त्री दाहाल मानवताविरोधी अपराध र युद्ध अपराधमा संलग्न भएको दाबी गरेका छन्‌ ।

वि.सं. २०५२ फागुन १ देखि २०६२/६३ को जनआन्दोलनसम्म भएको १० वर्षे हिंसात्मक द्वन्द्वमा झण्डै १७ हजार नागरिकको ज्यान गएको थियो । तत्कालीन नेकपा (माओवादी) ले सो द्वन्द्वलाई ‘जनयुद्ध’ का रूपमा अघि बढाएको थियो । जनयुद्ध शुरु हुँदा महामन्त्री र पछि अध्यक्ष भएका दाहाल हाल देशका प्रधानमन्त्री छन्‌ ।

आज अनशन थालेका डा. केसीले सशस्त्र द्वन्द्वकालमा मानवताविरोधी अपराध र युद्ध अपराधमा संलग्न प्रमुख नेताको हैसियतमा दाहालले प्रधानमन्त्री पदबाट राजीना दिनुपर्ने माग राखेका हुन्‌ । साथै, पीडितहरुले न्याय अनुभूत गर्नेगरी संक्रमणकालीन न्याय प्रक्रिया टुंगोमा पुग्ने सुनिश्चित गर्न पनि केसीको माग छ ।

डा. केसीद्वारा जारी विज्ञप्ति :

प्रकाशित मिति : २९ बैशाख २०८१, शनिबार  ५ : ४१ बजे

नवनिर्वाचित कांग्रेस उपसभापति भुसाल भन्छिन्- चुनाव लड्न चाहन्थेँ, साथीहरुले माया गर्नुभयो

काठमाडौं- नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट उपसभापतिमा पुष्पा भुसाल निर्विरोध निर्वाचित

कांग्रेस महाधिवेशनमा मनोनयन सकियो, सहमहान्त्रीमा उम्मेदवारको ताँती

काठमाडौं- राजधानीमा जारी नेपाली कांग्रेसको महाधिवेशनअन्तर्गत मंगलबार विभिन्न पदका लागि

आजका समाचार : कांग्रेस महाधिवेशनमा मनोनयन दर्ता, विश्व र पुष्पा निर्विरोध, टीकाको साइत सार्वजनिक  र भौतिकशास्त्रतर्फ नोबेल पुरस्कार

कांग्रेस सभापतिमा गगन थापाको उम्मेदवारी दर्तानेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति

निजी क्षेत्रलाई नीति निर्माण र कार्यान्वयनको प्रक्रियामा सहभागी गराउनुपर्ने : अध्यक्ष श्रेष्ठ

काठमाडौं– नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु परिवर्तनका

कांग्रेस सभापतिमा तीन जनाको उम्मेदवारी

काठमाडौँ- नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा सभापति पदमा तीन जनाले