मुख्य सचिव अर्यालको टोली छिन्नमस्तामा « Khabarhub

मुख्य सचिव अर्यालको टोली छिन्नमस्तामा


२९ बैशाख २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल सरकारका मुख्यसचिव बैकुण्ठ अर्यालसहितको टोलीले राजविराजस्थित छिन्नमस्ता गाउँपालिकाको भ्रमण गरेका छन् । आज छिन्नमस्ता आएका उनले सखडा भगवतीको दर्शनसँगै पालिका जनप्रतिनिधिसँग छलफल गरेका छन् ।

छलफलका क्रममा अर्यालले पालिकाको सर्वाङ्गीण विकासका निमित्त आफूहरू हरेक क्षण तयार रहेको प्रतिबद्धता जनाएको छिन्नमस्ता गाउँपालिकाका अध्यक्ष विद्यानन्द चौधरीले जानकारी दिए।

 पालिकाको गौरवको आयोजना सञ्चालन गर्न उनीहरू सहयोग गर्ने प्रतिबद्ध रहेको अध्यक्ष चौधरीले बताए।

टोलीमा मुख्य सचिव अर्यालसहित, प्रधानमन्त्री कार्यालयका सचिव नारायणप्रसाद शर्मा, अर्थ मन्त्रालय बजेट महाशाखाका उपप्रमुख उत्तरकुमार खत्री, आन्तरिक राजस्व कार्यालय इटहरीका प्रमुख खेमराज ओझासहितका व्यक्तिहरू रहेका थिए ।

प्रकाशित मिति : २९ बैशाख २०८१, शनिबार  ७ : ०६ बजे

देवानगञ्ज घटना : तनाव बढ्दै गएपछि सडकमा सेना, केन्द्रीय सुरक्षा समितिको बैठक डाकियो

काठमाडौं– सुनसरीको देवानगञ्ज गाउँपालिका–३ स्थित कप्तानगञ्ज (नयाँ हटिया क्षेत्र) मा

प्रतिबन्धित वस्तुको बिक्री वितरण नगर्न विभागको आग्रह

काठमाडौं– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले नेपाल सरकारले प्रतिबन्ध

ओलीको नाम लेखिएको शिलालेखबारे मन्त्री लम्सालको जवाफ : त्यसलाई हामी फेरि पुनर्स्थापना गर्छौँ

काठमाडौं- पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले तत्कालीन प्रधानमन्त्री केपी शर्मा

दूध उत्पादक किसानलाई पाँच करोड ५८ लाख अनुदान

गण्डकी– आर्थिक वर्ष २०८२/८३ मा गण्डकी प्रदेशका ११ हजार २३२

समस्याहरू समाधान गर्दै सरकार अघि बढिरहन्छ : शिक्षामन्त्री पोखरेल

काठमाडौं- शिक्षामन्त्री सस्मित पोखरेलले विभिन्न क्षेत्रमा देखिएका समस्याहरूको समाधान गर्दै