आज २०८१ साल जेठ २९ गते मंगलबारको राशिफल « Khabarhub

आज २०८१ साल जेठ २९ गते मंगलबारको राशिफल


२९ जेठ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


6.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८१ साल जेठ २९ गते मंगलबार तदनुसार सन् २०२४ जुन ११ तारिख। जेठ शुक्ल पक्षको पञ्चमी तिथि। चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी गरिन्छ। खबरहबका लागि ज्यो.प.सूर्यनाथ लुइटेलले तयार पारेको आजको फलादेशः

मेष : धेरै नबोल्नु राम्रो हुनेछ। धन कमाउने दिन छ। साथी टाढिने जोखिम देखिन्छ। वैदेशिक लगानीबाट फाइदा हुनेछ। राजनीतिक क्षेत्रमा झगडा हुने भएका बोल्दा सचेत हुनुपर्छ। परिवारसँगको सहकार्य उत्साहजनक बन्नेछ।

वृष : आफ्नो लागि समय अपुग हुनेछ। खाने समयमा विवाद हुनसक्छ। विदेशमा भन्दा स्वदेशमा गरेको लगानीबाट उन्नति हुनेछ। सामाजिक र राजनीतिक क्षेत्रमा सम्मान प्राप्त हुनेछ।

मिथुन : शेयर कारोबारमा फाइदा हुनेछ। शिक्षाको क्षेत्रमा गरेको लगानीबाट उत्साह थपिनेछ। परिवारको साथ र सहयोग प्राप्त होला। समाजमा तपाईंको प्रशंसा हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

कर्कट : झुटो आरोपलाई चिर्दै अगाडि बढ्नुपर्ने दिन छ। व्यापारबाट फाइदा हुने दिन छ। वैदेशिक क्षेत्रको श्रमबाट उन्नति हुनेछ। समाजसेवाको अवसर प्राप्त होला।

सिंह : लामो समयदेखि रोकिएका काम सञ्चालन हुनेछन्। लगानीका क्षेत्रमध्ये शिक्षाको क्षेत्रबाट उत्साह मिल्नेछ। परिवारसँगको मेलमिलापले दिन सहज बन्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

कन्या : निर्णय क्षमता कमजोर हुँदा घाटा हुनेछ। स्वदेशमा लगानी गरेर रमाउनुपर्ने समय छ। खानपानमा ख्याल नगर्दा स्वास्थमा समस्या हुने देखिन्छ। परिवारसँगको सम्बन्ध भने सुमधुर बन्नेछ।

तुला : परिवारमा खटपटी बढ्ने दिन छ। शिक्षा क्षेत्रको लगानीबाट ठुलो प्रगति हुनेछ। धेरैले प्रशंसा गर्नेछन्। समाजसेवाको अवसर प्राप्त हुनेछ। राजनीतिक क्षेत्रबाट उच्च मूलयांकन हुनेछ।

वृश्चिक : सम्पत्ति बढ्ने दिन छ। पश्चिमको लामो यात्रा नगर्नु राम्रो हुन्छ। ठुलो काम गर्नु परेमा परिवारका अन्य सदस्यलाई अगाडि बढाउनु उचित होला। परिवारमा सँगै बसेर रमाइलो गर्ने अवसर प्राप्त हुनेछ।

धनु : समय राम्रो छ। काम सफल बन्नेछ। कुनै पनि काम गर्नु अगाडि गोप्यता राख्नु राम्रो हुन्छ। शिक्षामा भन्दा स्वास्थ्य क्षेत्रमा गरेको लगानीबाट फाइदा होला। समाजसेवाको अवसर प्राप्त हुनेछ।

मकर : परिवारले खराब कामको विरोध गर्नेछन्। समाजमा तपाईंको प्रशंसा हुनेछ। लगानीको क्षेत्रमध्ये वैदेशिक क्षेत्रको लगानीबाट उन्नति हुने योग छ। परिवार र प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

कुम्भ : समय राम्रो छ। अरुले गर्न नसेको काम तपाईंले गर्नुपर्नेछ। परिवारमा मेलमिलाप हुनेछ। नयाँ ठाउँको भ्रमण गर्ने योग छ। स्वास्थ्यमा सुधार हुनेछ। शिक्षामा सफलता प्राप्त होला।

मीन : आफ्नो महत्त्व बुझ्न नसक्दा समाजले ताईंलाई उपेक्षा गर्नेछ। गणेशको पूजा गर्नु राम्रो हुनेछ। मन शान्त बन्नेछ। विदेशमा भन्दा स्वदेशमै गरेको लगानीबाट फाइदा हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

प्रकाशित मिति : २९ जेठ २०८१, मंगलबार  ५ : ०६ बजे

अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा–लौकही सडक

झापा– पूर्वी नेपालको प्रमुख व्यापारिक मार्गलाई अन्तर्राष्ट्रिय सडक सञ्जालसँग जोड्ने

संसदमा नयाँ भवन ऐन दर्ता : विपन्न नागरिकलाई ७५ हजारसम्म आवास अनुदान प्रस्ताव

काठमाडौँ– पूर्वाधार विकास मन्त्रालयले गरिब तथा विपन्न नागरिकको आवास सुनिश्चित

मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु, एकजना घाइते

मोरङ– मोरङको लेटाङ नगरपालिका– ९ हात्तीचोकस्थित भित्री सडकखण्डमा मोटरसाइकल दुर्घटना

बाढीपहिरोका कारण विभिन्न राजमार्ग अवरुद्ध

काठमाडौँ– बाढीपहिरोका कारण देशका विभिन्न मुख्य राजमार्ग तथा सडकहरु अवरुद्ध

अर्थमन्त्री वाग्ले अमेरिका प्रस्थान

काठमाडौँ– अर्थमन्त्री डा. स्वर्णिम वाग्ले अमेरिका प्रस्थान गरेका छन्। अर्थमन्त्री