विश्वकपमा दक्षिण अफ्रिकाको लगातार तेस्रो जित : रोचक खेलमा बंगलादेश ४ रनले पराजित « Khabarhub

विश्वकपमा दक्षिण अफ्रिकाको लगातार तेस्रो जित : रोचक खेलमा बंगलादेश ४ रनले पराजित


२९ जेठ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आईसिसी टी-२० विश्वकप क्रिकेटमा दक्षिण अफ्रिकाले लगातार तेस्रो जित निकालेको छ। सोमबार राति भएको खेलमा दक्षिण अफ्रिकाले बंगलादेशमाथि ४ रनको रोचक जित निकालेको हो। सुरुमा ब्याटिङ गरेको दक्षिण अफ्रिकाले दिएको ११४ रनको लक्ष्य भेट्न नसक्दा बंगलादेश ६ रनले पराजित भएको हो।

सोमबार न्यूयोर्कस्थित नासाउ काउन्टी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियम टस जितेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर एक सय १३ रन बनाएको थियो। ११४ रनको लक्ष्य पछ्याएको बंगलादेश पूरै २० ओभर खेल्दै ७ विकेट गुमाएर १०९ रनमा समेटिएको हो।

सुरुमा ब्याटिङ गरेको दक्षिण अफ्रिकाका लागि हेनरिक क्लासेनले सर्वाधिक ४६ रन बनाए। ४४ बलको सामना गरेका उनले दुई चौका र तीन छक्का प्रहार गरे। उसका लागि डेविड मिलरले २९, क्विन्टन डि ककले १८ रन बनाए।

बंगलादेशका तान्जिन हसन साकिबले तीन विकेट लिए भने ताक्षिक अहमेदले दुई र रिसाद हुसैनले एक विकेट हात पारे।

११४ रनको लक्ष्य पछ्याएको बंगलादेशका लागि तोहिद हृदयले सर्वाधिक ३७ रन बनाए। ३४ बलमा खेलेका उनले दुई चौका र दुई छक्का प्रहार गरे। जितका लागि अन्तिम ओभरमा छक्का प्रहार गर्दा आउट भएका मोहम्मदुल्लाहले २७ बलमा २० रन जोडे। कप्तान नजमुल होसेन सान्तोले २३ बलमा १४ रन बनाए।

सामान्य लक्ष्य पछ्याएको बंगलादेशलाई सस्तैमा समेट्न दक्षिण अफ्रिकाका लागि केशव महाराजले तीन विकेट हात पारे भने कागिसो रबाडा र एनरिच नोर्टजेले दुईदुई विकेट लिए।

योसँगै विश्वकपमा दक्षिण अफ्रिका लगातार तेस्रो खेलमा विजयी भएको छ। समूह ‘डी’को शीर्ष स्थानमा रहेको दक्षिण अफ्रिकाले ६ अंक जोडेको छ।

दक्षिण अफ्रिकाले पहिलो खेलमा श्रीलंकालाई पराजित गरेको थियो भने दोस्रो खेलमा नेदरल्याण्डसमाथि जित निकालेको थियो। बंगलादेश तालिकाको दोस्रो स्थनमा छ। पहिलो खेलमा श्रीलंकालाई पराजित गरेको बंगलादेश दोस्रो जितको खोजीमा छ।

समूह ‘डी’मा दक्षिण अफ्रिका, बंगलादेश, नेदरल्याड्स, नेपाल र श्रीलंका छन्। नेदरल्यान्डस्ले दुई अंक जोडेको छ भने यो समूहमा नेपाल र श्रीलंका अंकबिहीन छन्।

प्रकाशित मिति : २९ जेठ २०८१, मंगलबार  ५ : ३५ बजे

सुकुम्वासीबारे सरकारलाई रास्वपाले भन्यो : असुरक्षित बसेकाबाहेक अन्यमाथि अहिलेलाई कुनै कारबाही नगर्नू

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठकले सुकुम्वासी व्यवस्थापन,

 लागूऔषधसहित देशका विभिन्न स्थानबाट २७ जना पक्राउ

काठमाडौं– नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागूऔषधसहित

संवैधानिक परिषद्सम्बन्धी अध्यादेश पुनर्विचार गर्न पठाउँदा राष्ट्रपतिले सम्झाए यसअघिका दुई निर्णय

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र

स्याफ्रुबेँसी-रसुवागढी सडक तीव्र गतिमा स्तरोन्नति गरिँदै

रसुवा– गल्छी-त्रिशूली-मैलुङ-स्याफ्रुबेँसी-रसुवागढी राजमार्गअन्तर्गत स्याफ्रु रसुवागढी खण्डमा तीव्र गतिमा स्तरोन्नति भइरहेको छ

संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता पठाएका राष्ट्रपतिले अर्को भने जारी गरे

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश