संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदद्वारा इजरायल–गाजा युद्धविराम प्रस्ताव पारित « Khabarhub

संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदद्वारा इजरायल–गाजा युद्धविराम प्रस्ताव पारित


२९ जेठ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


153
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदमा गाजा क्षेत्रमा युद्धविराम गर्ने अमेरिकाको प्रस्ताव अत्यधिक बहुमतले पारित भएको छ ।

सुरक्षा परिषदमा रहेका १५ मध्ये १४ सदस्य राष्ट्रले युद्ध विराम गर्ने पक्षमा मतदान गरेका थिए । रुस भने मतदानमा सहभागी भएन ।

प्रस्तावमा ‘पूर्ण र पूर्ण युद्धविराम’, हमासद्वारा बन्धकहरूको रिहाई, मृत बन्धकहरूको अवशेष फिर्ता र प्यालेस्टिनी कैदीहरूको आदानप्रदानका लागि सर्तहरू राखिएका छन् ।

संयुक्त राष्ट्रसंघका अनुसार गाजामा तीन चरणमा युद्धविराम लागु गर्ने उल्लेख छ । ती शर्तहरु कतारमार्फत् हमाससमक्ष पठाइएको छ ।

इजरायलले युद्धविरामको प्रस्तावलाई स्वीकार गरेको र हमासलाई पनि यसमा सहमत हुन आग्रह गरेको प्रस्तावमा उल्लेख छ ।

पहिलो चरणमा बन्धक बनाइएकालाई रिहा गर्ने तथा ज्यान गुमाइसकेको शव फर्काउने, इजरायली सेना गाजा क्षेत्रबाट हट्न सुरु गर्ने, विस्थापित भएकाहरुलाई घर फर्किन दिने प्रस्ताव छ ।

यसैगरी, दोस्रो चरणमा कोही बन्धक बाँकी भए तिनलाई रिहा गर्ने र इजरायली सेना गाजाबाट पूर्णरुपमा हट्ने तथा तेस्रो चरणमा गाजामा पुनर्निर्माणको काम सुरु गर्ने उल्लेख छ ।

गत अक्टोबर ७ मा हमासले दक्षिणी इजरायलमा एक्कासि आक्रमण गर्दा करिब १२ सय मानिस मारिएका थिए । यस्तै २५० बढी मानिसको अपहरण भएको थियो ।

हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले इजरायलले आक्रमणको जवाफ दिएपछि गाजामा मृत्यु हुनेको संख्या ३७ हजार नाघेको जनाएको छ।

 

 

 

 

प्रकाशित मिति : २९ जेठ २०८१, मंगलबार  ७ : ४१ बजे

एट्लेटिको फ्यानकै हुटिङपछि अल्भारेजको भविष्यमा नयाँ मोड, विकल्प बार्सिलोना कि आर्सनल ?

मड्रिड- स्पेनिस क्लब एट्लेटिको मड्रिडका स्टार स्ट्राइकर जुलियन अल्भारेज आफ्नै

थाइल्यान्डका तीन प्रान्तमा एकै रात ५१ स्थानमा विस्फोट र आगजनी

बैंकक- थाइल्यान्डका दक्षिणी तीन प्रान्तमा एकै रात ५१ स्थानमा बम विस्फोट,

कोशीका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत, पक्षमा ५७, विपक्षमा २२

विराटनगर- कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त

औद्योगिक फोहोर पानी निष्कासन नियन्त्रण गर्न सरकारद्वारा नयाँ मापदण्ड प्रस्ताव

काठमाडौं– सरकारले जलस्रोत, वातावरण र जनस्वास्थ्यमा पर्ने प्रतिकूल प्रभाव न्यूनीकरण

बडीमालिकामा फोर-जी सेवा विस्तार

काठमाडौं– धार्मिक एवं पर्यटकीय गन्तव्य बाजुराको बडीमालिका क्षेत्रमा फोर–जी सेवा