बलोचिस्तानमा शैक्षिक अवस्था कमजोर : बीएसएसी « Khabarhub

बलोचिस्तानमा शैक्षिक अवस्था कमजोर : बीएसएसी


२९ जेठ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पाकिस्तानको बलोचिस्तान प्रान्तमा विद्यार्थीहरुले आफ्नो क्षेत्रमा शिक्षाको स्तर खस्केको भन्दै चिन्ता व्यक्त गरेका छन् ।

बलोच विद्यार्थी कार्यसमिति (बीएसएसी) ले विज्ञप्ति जारी गर्दै बलोचिस्तान क्षेत्रमा शैक्षिक पूर्वाधारको अवस्था कमजोर रहेको भन्दै चिन्ता व्यक्त गरेको हो ।

विज्ञप्तिमा बीएसएसीले पछिल्लो समय बलोचिस्तानमा शैक्षिक अवस्था अत्यन्त कमजोर रहेको जनाएको छ ।

भारतीय समाचार संस्था एएनआईका अनुसार उक्त संगठनले सो क्षेत्रमा साक्षरता दर केबल २६ देखि ३० प्रतिशत रहेको र महिला साक्षरताको स्तर झनै खराब रहेको उल्लेख गरेको छ ।

संगठनले गराएको सर्वेक्षणमा प्रान्तका ८० प्रतिशत विद्यालयहरु कामै नलाग्ने पाइएको पनि विज्ञप्तिमा उल्लेख गरिएको छ । त्यसबाहेक बलोचिस्तान प्रान्तमा उच्च शिक्षाको अवस्था पनि निकै खराब रहेको जनाइएको छ ।

त्यसबाहेक सरकारले बलोचिस्तान प्रान्तमा शिक्षाका लागि आवश्यक स्रोत पनि विनियोजन नगरेको बीएसएसीले आरोप लगाएको छ ।

सर्वव्यापी शिक्षा आधारभूत मानव अधिकार रहेको भन्दै बीएसएसीले सबै जनतालाई समान शैक्षिक अवसर प्रदान गर्न पनि सरकारलाई आग्रह गरेको छ ।

प्रकाशित मिति : २९ जेठ २०८१, मंगलबार  ८ : ४९ बजे

डडेलधुरामा जिप र अटो ठोक्किँदा एक जनाको मृत्यु

अमरगढी – डडेलधुरा जिल्लाको रामपुरमा अटो र जिप ठोक्किँदा एक

क्रिकेट प्रशिक्षक जगत टमाटा राखेप बोर्ड सदस्य नियुक्त

काठमाडौं – नेपाली क्रिकेटका प्रशिक्षक जगत टमाटा राष्ट्रिय खेलकुद परिषद्

बीपीएलमा सन्दीपको सुखद् सुरुवात, लिए दुई विकेट

काठमाडौं – बङ्गलादेश प्रिमियर लिग (बीपीएल)को उद्घाटन खेलमा नेपाली लेग

निर्वाचन ६८ दिन बाँकीः को हुन् निर्वाचनका अस्थायी मतदाता ?

काठमाडौं – आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभाको

आजको मौसम पूर्वानुमान : दिनभर तराईमा हुस्सु

काठमाडौं – देशभर पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ ।