मोरङको जेफाले : जसले बिर्साउँछ इलामको चियाबारी (फोटो फिचर) « Khabarhub

मोरङको जेफाले : जसले बिर्साउँछ इलामको चियाबारी (फोटो फिचर)



बिराटनगर- धनकुटाको दक्षिण पूर्वी सीमासँग जोडिएको मोरङको केराबारी गाउँपालिका–२ सिंंहदेवस्थित जेफाले पछिलो समय आन्तरिक पर्यटकको गन्तव्य बन्दै गएको छ ।

इलाम बिर्साउने चिया बगान र धनकुटाको भेंडेटार बिर्साउने भ्यु टावर र चिसो मौसम भएकाले जेफालेले आन्तरिक पर्यटकलाई आकर्षित गरेको हो ।

मोरङ जिल्लाको एक मात्र चिया बगानले पनि त्यहाँ घुम्न पुग्ने पर्यटकलाई लोभ्याउने गरेको छ।

सुगम जिल्ला मोरङको दुर्गम क्षेत्रमा पर्ने जेफाले डाँडो एक हजार ९ सय ७० मिटर उचाइमा छ । यहाँ बाह्रैमास हावा चलिरहने र छिनछिनमै मौसम परिवर्तन हुने गर्छ । यहाँबाट पूर्वको १६ जिल्ला नाङ्गो आँखाले देख्न सकिन्छ ।


जेफाले पर्यटन विकास समितिका अध्यक्ष डिल्लीराम अधिकारीका अनुसार जेफाले डाँडाबाट सूर्याेदय, सूर्यास्त, हिमाल, पहाड, तराईको दृश्यावलोकन गर्न सकिन्छ । जसका कारण पूर्वी नेपालका पर्यटकीय स्थानहरुमध्ये मोरङको सिंहदेवीमा रहेको जेफाले नयाँ गन्तव्यका रुपमा विकास हुन थालेको छ ।

सरकार र स्थानीयको संयुक्त पहलमा जेफालेलाई पर्यटकीय केन्द्रमा विकास गर्न थालिएपछि जेफाले पूर्वी नेपालको नयाँ गन्तव्यका रुपमा विकास भएको हो ।

उत्तरी मोरङको बिकट क्षेत्र मानिने जेफालेको अर्को बिशेषता भनेको छिनछिनमै हुने मौसम परिवर्तन हो ।

मोरङ र धनकुटाको सीमानामा पर्ने जेफाले डाँडामा चारतले भ्यू टावर निर्माण गरिएको छ । भ्यू टावरबाट विश्वकै अग्लो हिमाल सगरमाथा, कञ्चनजंगा देख्न सकिन्छ । सिंहदेवीको बिहीबारे बजारबाट तीनसय मिटर उत्तर पुगेर एक हजार वटा सिँढी चढेपछि भ्युटावर पुगिन्छ ।

मोरङको कोशी हरैंचा नगरपालिकास्थित खोर्सानेबाट ३४ किमी उत्तरमा रहेको जेफाले डाँडामा छिनछिनमा हुस्सु र कुहिरो लाग्ने भएकाले पर्यटकहरुको मन लोभ्याउने गरेको छ ।

तर, जेफाले जाने सडक भने लामो समयदेखि निर्माणधीन अवस्थामा रहेकाले बर्षाको समय सवारी साधन चल्ने अवस्था छैन ।

विश्वकै अग्लो हिमाल सगरमाथा, कञ्चनजङ्घा पनि देख्न सकिन्छ । जेफाले भ्युटावरबाट दक्षिण पश्चिममा पाथीभरा देवीको मन्दिर छ । यो क्षेत्र धार्मिक, सांस्कृतिक र पर्यावरणीय पर्यटनको सङ्गमस्थल विकास हुने क्रममा रहेको अधिकारीले बताए ।

जेफाले पुग्न धनकुटाको भेडेटार राजारानीबाट सम्वेवा चोक हुँदै पनि जान सकिन्छ । जेफाले क्षेत्रलाई पर्यटकयि गन्तव्यका रुपमा विकास गरी त्यहाँ पुग्ने पर्यटकलाई खान वस्नको सुविधा प्रदान गर्ने उद्देश्यले सिंहदेवीस्थित विहीबारेमा १० घरमा सामुदायिक होम्स्टे सञ्चालनमा छन् । जहाँ एकै पटकमा १ सय १० जना बास बस्न सक्छन् ।

जेफालेमा सञ्चालित होमस्टेमा स्थानीय उत्पादनमा आधारित खाद्यान्नहरुबाट पाहुनालाई स्वागत गर्ने र हुर्रा नाचेर सांस्कृतिक मनोरञ्ज प्रदान गर्ने गरिएको छ ।

जेफाले घुम्न पुग्ने पाहुनाका लागि लोकल कुखुराको मासु, ढिँडो, सिस्नुको तरकारी बिशेष परिकार हुनेछ । बेलुकीको बासमा मगर जातिको हुर्रा नाच र लिम्वु जातिको धान नाचबाट सांस्कृतिक मनोरञ्जन प्रदान गर्ने गरिएको जेफाले सामुदायिक होमस्टेका अध्यक्ष युवराज खड्काले बताए ।

खासगरी बर्षको ९ महिना तराईका विभिन्न जिल्लाबाट गर्मी छल्ने पर्यटकहरु जेफाले पुग्ने गरेका छन् । जसका कारण जेफालेमा आन्तरिक पर्यटकको आवागमन बाक्लो हुने गरेको छ ।

सञ्चार, शिक्षा, सडक लगायतका विकासको पूर्वाधारमा पछि परेको जेफाले क्षेत्रमा होमस्टे सेवा सुरु भएपछि स्थानीयका लागि आम्दानीको स्रोत बढ्दै गएको छ ।

स्थानीय कृषि उद्यमी तथा व्यवसायी बिनादेवी राईको इलाम बिर्साउने चिया बगान पर्यटकलाई तान्ने अर्काे आकर्षक गन्तव्य हो । चियाबारी करिब १ हजार रोपनी क्षेत्रफलमा छ ।

अन्य तस्बिरहरु हेर्नुहोस् : 

प्रकाशित मिति : २९ जेठ २०८१, मंगलबार  १ : ५४ बजे

सचिव कृष्णहरि पुष्करलाई प्रहरीले केरकार गरेर छाड्यो

काठमाडौं – नेपाल सरकारका सचिव कृष्णहरि पुस्करलाई प्रहरीले नियन्त्रणमा लिएर

विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ

काठमाडौं – रोजगारीका लागि विदेश पठाउने नाममा रु २९ लाख

विद्युत् उत्पादनमा निजी क्षेत्रको १३ खर्ब बढी लगानी

काठमाडौं – स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)का अध्यक्ष गणेश

पुस्तान्तरण भइसकेको राजनीतिमा पुरानाको पुनरागमन असम्भव : बाबुराम भट्टराई

काठमाडौं – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नयाँ सरकार बनेको सय

भोजपुरमा ‘मुन्दुम मनसुन ट्रेल रेस’ हुँदै

भोजपुर – मुलुकका एक सय पर्यटकीय गन्तव्यमा सूचीकृत भोजपुरको प्रसिद्ध