घरबाट झिँगा कसरी हटाउने ?  « Khabarhub

घरबाट झिँगा कसरी हटाउने ? 


२९ जेठ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


7.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– यो गर्मीको महिनामा प्राय धेरै घरमा झिँगा आउने गर्छन् । झिँगाले खानेकुरालाई दूषित बनाइदिन्छ । गर्मीमा रोग सार्ने माध्यम पनि  झिँगा हो । त्यसैले झिँगालाई कसरी फैलन नदिने भन्नेमा हामी सधै चिन्तित हुने गर्छौं ।

झिँगा एक प्रकारको किरा हो । यो विश्वका सबै स्थानहरूमा पाइन्छ। झिँगा फोहर ठाउँमा बस्ने हुनाले यसले विभिन्न प्रकारका संक्रमित रोगहरू एक व्यक्तिबाट अर्को व्यक्तिमा सार्ने गर्दछ ।

त्यसको लागि यि उपायहरु अपनाउनुहोस् ..

– फोहोरको थुप्रो, जमेको पानी भएको ठाउँमा सजिलै झिँगा फैलिन्छ । त्यसैले झिँगाबाट मुक्त हुने पहिलो उपाय भनेको घर आसपास सरसफाइ गर्नु नै हो ।

– घरमा बासी, कुहिएको, सडेको खानेकुरा राख्नु हुँदैन र सफा खानेकुरा छोपेर राख्नुपर्छ ।

– एउटा पारदर्शी पलास्टिकमा आधा पानी भरेर घरको  मूलढोकामा वा भित्र पस्ने ठाउँमा, झ्यालको आसपासमा झुन्ड्याउने । यसमा परावर्तन हुने प्रकाशबाट पनि झिँगा भाग्छ ।

–  कपासमा गन्ध भएको तेल भिजाएर भित्र-बाहिर गर्ने मूल ढोका, झ्यालको छेउमा राख्नुपर्छ । यसले पनि झिँगा भगाउन सकिन्छ ।

– ढोका सधैँ बन्द गर्ने ।

– स्प्रे बोतलमा थोरै धुलो खोर्सानी पाउडर छर्किँदा पनि घरमा झिँगा आउँदैन ।

विभिन्न मिडियाको सहयोगमा 

प्रकाशित मिति : २९ जेठ २०८१, मंगलबार  १ : ०२ बजे

कांग्रेस उपसभापतिमा चन्द्रकान्त भण्डारी (६४३) र मधु आचार्य (३६२) अगाडि

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधवेशन अन्तर्गत पदाधिकारीलगायत केन्द्रीय सदस्यका लागि

झिलिमिली बत्तीले सिङ्गारिए काठमाडौँका मठमन्दिर तथा शक्तिपीठ

काठमाडौँ– दसैँ, तिहारलगायतका चाडपर्वको रौनक बढेसँगै काठमाडौँ उपत्यकाका विभिन्न मठमन्दिर

बडादसैँ आजदेखि सुरु, घटस्थापना गरी जमरा राखिँदै

काठमाडौँ– प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि विधिवत् आरम्भ गरिने नेपालीको

आइतबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आइतबार सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २५ गते आइतबार सन् २०२६