गृहमन्त्रीलाई ज्ञानेन्द्र शाहीको प्रश्न- देशभन्दा ठूला जीबी राई पो रहेछन् ? | Khabarhub Khabarhub

गृहमन्त्रीलाई ज्ञानेन्द्र शाहीको प्रश्न- देशभन्दा ठूला जीबी राई पो रहेछन् ?


२९ जेठ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


4.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले सहकारी ठगी प्रकरणमा मुछिएर फरार गितेन्द्रबाबु राई (जीबी) लाई छिटोभन्दा छिटो पक्राउ गरेर स्वदेश ल्याउन माग गरेका छन् ।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा सांसद शाहीले अहिलेको अवस्था हेर्दा देशभन्दा ठूलो जीबी राई देखिएको भन्दै उनलाई छिटोभन्दा छिटो पक्राउ गरि स्वदेश ल्याउन माग गरेका हुन् ।

‘आकाश-पाताल जहाँबाट भए पनि राईलाई पक्राउ गरेर ल्याउछौँ भनेर गृहमन्त्रीले भनेको हो’, उनले भने, ‘कहिले पक्रेर ल्याउने हो ? हामी हेरेर बसिरहेका छौँ ।’

शाहीले अहिले साना-साना काण्ड मात्रै नभई भ्रष्टाचार र अनियमितताका ठूला फाइल पनि खोल्न सुझाव दिए ।

उनले गिरीबन्धु प्रकरणका विषयमा पनि छानबिन गर्दै सत्यतथ्य संसद्‍लाई जानकारी गराउन पनि सरकारसँग माग गरेका छन् ।

शाहीले भारत भ्रमणका क्रममा नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई कुनै प्रदेशको मुख्यमन्त्री जस्तो सम्मान र व्यवहार गरिएको भन्दै आपत्ति जनाए ।

प्रकाशित मिति : २९ जेठ २०८१, मंगलबार  १२ : ३० बजे

भारतविरुद्ध इंग्ल्यान्डको रोमाञ्चक जित, सिरिजमा २–१ को अग्रता

लन्डन– भारतविरुद्धको टेस्ट सिरिजमा इंग्ल्यान्डले दोस्रो जित निकालेको छ ।

पाकिस्तानमा मनसुनको प्रकोपः १११ जनाको मृत्यु, थप वर्षाको चेतावनी

इस्लामाबाद – पाकिस्तानमा जून अन्त्यदेखि सुरु भएको मनसुन वर्षाले अहिलेसम्म

बबई नदीमा नुहाउने क्रममा बेपत्ता भएका दुई जनाको शव भेटियो

दाङ – बबई नदीमा नुहाउने क्रममा आज दिउँसो डुबेर बेपत्ता

माडीमा रेबिजको सङ्क्रमण बढ्दो

चितवन – चितवन को माडी नगरपालिकामा रेबिजको सङ्क्रमण बढेको छ

बीमा प्राधिकरणका अध्यक्ष ओझा निलम्बित, छानबिन गर्न समिति गठन

काठमाडौं – बिमा प्राधिकरणका अध्यक्ष शरद ओझा पदबाट निलम्बित भएका