राष्ट्रिय सभाबाट सुरक्षित कारोबार विधेयक पारित  « Khabarhub

राष्ट्रिय सभाबाट सुरक्षित कारोबार विधेयक पारित 


२९ जेठ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय सभाको बैठकले सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक २०८० पारित गरेको छ । 

मंगलबार बसेको राष्ट्रियसभाको बैठकले अर्थमन्त्री वर्षमान पुनले प्रस्तुत गरेको विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक २०८० सभाले सर्वसम्मतिले पारित गरेको हो ।

त्यसअघि विधेयकमाथि छलफल भएको थियो । छलफलका क्रममा उठेका जिज्ञासाको जवाफ दिँदै अर्थमन्त्री पुनले विधेयकमाथि आएका संशोधनका आधारमा परिमार्जन सहित पेश गरिएको जानकारी दिए । प्रविधिको विकाससंगै दैनिक कारोबारलाई सुरक्षित बनाउनका लागि आवश्यक कानून बनाउन खोजिएको उनले बताए ।

त्यस्तै बैठकमा राष्ट्रिय मानव अधिकार आयोगको २३ औँ वार्षिक प्रतिवेदन र राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको पाँचौँ वार्षिक प्रतिवेदन पेश गरिएको छ । 

प्रकाशित मिति : २९ जेठ २०८१, मंगलबार  ४ : ५७ बजे

बर्दियामा यसरी भइरहेको छ बाघ गणना

बर्दिया- प्रत्येक चार/चार वर्षमा हुने बाघ गणना यति वेला बर्दिया

खुम्बु ल्होसार कप फुटबल माघ अन्तिम साता

काठमाडौं – महेन्द्र ज्योति पूर्वविद्यार्थी मञ्च, फराकको आयोजनामा १५औँ खुम्बु

राति देशका उच्च पहाडी तथा हिमाली भेगमा हिमपात-वर्षाको सम्भावना

काठमाडौँ । आज राति देशका विभिन्न स्थानमा हिमपात तथा वर्षा

विदेश पठाउने भन्दै २८ लाख ठगी गर्ने तीनजना पक्राउ

काठमाडौँ – वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश

करिब १७ लाख रुपैयाँबराबरको चाँदीसहित एक जना पक्राउ

काठमाडौँ– नेपाल प्रहरीले नागढुङ्गाबाट चाँदीसहित एकजनालाई पक्राउ गरेको छ। प्रहरी