डिजिटल कारोबारमा अभ्यस्त हुँदै नेपाली, २ वर्षमै थपिए ८९ लाख वालेट प्रयोगकर्ता « Khabarhub

डिजिटल कारोबारमा अभ्यस्त हुँदै नेपाली, २ वर्षमै थपिए ८९ लाख वालेट प्रयोगकर्ता


२९ जेठ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पछिल्लो दुई वर्षमा डिजिटल कारोबार बढ्दै गएको पाइएको छ । नेपाल राष्ट्र बैंककाअनुसार झन्डै २ वर्षको अवधिमा मात्रै ८९ लाख ३९ हजार १२९ जनामा थप वालेटको पहुँच पुगेको हो । वि.सं २०७९ असार मसान्तसम्म वालेटका प्रयोगकर्ताहरूको संख्या १ करोड ३६ लाख ७५ हजार ९९३ जना थियो । वालेटका प्रयोगकर्ता २०८१ बैशाखमसान्तसम्म आइपुग्दा २ करोड २६ लाख १५ हजार १२२ जना पुगेका हुन् ।

वालेटबाट समीक्षा अवधिमा १७ अर्ब १७ करोड बराबरको कारोबार भएकोमा झन्डै २ वर्षपछि कारोबार रकम बढेर २८ अर्ब ४३ करोड पुगेको राष्ट्र बैंकले जनाएको छ । त्यस्तै, मोबाइल बैंकिङका प्रयोगकर्ता पनि बढेका छन् । २०७९ असारमा १ करोड ८३ लाख ७ हजार मोबाइल बैंकिङका प्रयोगकर्ता रहेकोमा २०८१ बैशाखसम्म आइपुग्दा २ करोड ३७ लाख ९७ हजार पुगेको देखिन्छ । २०७९ असारसम्म १६ लाख ८४ हजार इन्टरनेट बैंकिङ प्रयोगकर्ता रहेकोमा २०८१ बैशाखसम्ममा १९ लाख ३८ हजार ८८८ जना पुगेका हुन् ।

इन्टरनेट बैंकिङ प्रयोगकर्ता यो झन्डै दुई वर्षमा साढे २ लाखभन्दा बढी देखिएका हुन । २०७९ असारमा मोबाइल बैंकिङमार्फत् १ खर्ब ६३ अर्ब २५ करोडको कारोबार भएकोमा २०८१ बैशाखमा आइपुग्दा ३ खर्ब २० अर्ब १९ करोड बराबर कारोबार पुगेको हो ।

सो अवधिमा कनेक्ट आइपीएस प्रयोगकर्ताहरु पनि बढेका छन् । समीक्षा अवधिमा ८ लाख ९६ हजार प्रयोगकर्ता रहेकोमा २०८१ बैशाखसम्म १२ लाख ५१ हजार पुगेका हुन् । यो दुई वर्षमा कनेक्ट आइपीएसमा साढे २ लाख प्रयोगकर्ता बढेका हुन् । २०७९ असारमा ३ खर्ब ६९ अर्ब २२ करोडको कारोबार भएकोमा २०८१ बैशाखसम्म आइपुग्दा कारोबार बढेर ५ खर्ब २२ अर्ब ७० करोड पुगेको हो ।

सो अवधिमा डेबिट र क्रेडिट कार्ड प्रयोगकर्ता समेत बढेका छन् । २०७९ असारमा १ करोड ८ लाख प्रयोगकर्ताको पहुँचमा पुगेको डेबिट कार्ड २०८१ बैशाखसम्म आइपुग्दा १ करोड २७ लाख पुगेको हो । डेबिट कार्डमार्फत् २०८१ बैशाखमा ९७ अर्ब १२ करोड बराबरको कारोबार भएको हो । २०७९ असारमा डेबिट कार्डमार्फत ८३ अर्ब २० करोड बराबरको कारोबार भएको थियो ।

त्यस्तै, २०७९ असारमा २ लाख ३८ हजार जनाको पहुँचमा रहेको क्रेडिट कार्ड २०८१ बैशाखसम्म आइपुग्दा बढेर २ लाख ८६ हजार पुगेको राष्ट्र बैंकले जनाएको छ । २०७९ असारमा १ अर्ब ४९ करोड कारोबार भएकोमा २०८१ बैशाखसम्म आइपुग्दा कारोबार बढेर १ अर्ब ८९ करोड पुगेको राष्ट्र बैंकले जनाएको छ ।

प्रकाशित मिति : २९ जेठ २०८१, मंगलबार  ५ : ५३ बजे

५ दिनमै तयार भयो एक्रो ब्रिज, देवीघाटमा भोलिदेखि आवतजावत खुल्ने

नुवाकोट – रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण पक्की पुल

ऊर्जामन्त्री श्रेष्ठ र युएनओपीएसका क्षेत्रीय निर्देशकबीच भेटवार्ता

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ र संयुक्त

भोटेकोसी बाढीपछि भारतबाट राहतको आठौँ खेप आइपुग्यो, १३० टनभन्दा बढी सहयोग सामग्री

काठमाडौं – गत भदौ १० गतेको विनाशकारी बाढीपहिरोपछि जारी खोज,

उपेन्द्र यादवको आरोप : लुम्बिनीका सभामुखले स्वेच्छाचारी निर्णय गरे

काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले

नेपाल भलिबल लिगमा काठमाडाैंको तेस्रो जित, कर्णालीको पहिलो हार

काठमाडाैं – पहिलो संस्करणको एक्सट्रिम इनर्जी ड्रिङ्क नेपाल भलिबल लिग