टी–२० विश्वकप : एक सय सात रनको लक्ष्य पछ्याउँदै पाकिस्तान | Khabarhub Khabarhub

टी–२० विश्वकप : एक सय सात रनको लक्ष्य पछ्याउँदै पाकिस्तान


२९ जेठ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


147
Shares
  • change font
  • change font
  • change font

न्युयोर्क । आईसिसी टी–२० विश्वकप अन्तर्गत समूह ‘ए’ को खेलमा क्यानडाले पाकिस्तानलाई एक सय सात रनको लक्ष्य दिएको छ ।

नासाउ काउन्टी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङ गरेको क्यानडाले २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ६ रन बनाएको हो ।

उसका लागि एरोन जोनसनको अर्धशतक प्रहार गरे । ४४ बलको सामना गरेका उनले चार चौका र चार छक्कासहित ५२ रन बनाए । त्यस्तै कलिम सानाले १४ बलमा १३ रन बनाए । कप्तान साद बिन जाफरले १० रन आउट भए ।

पाकिस्तानका ह्यारिस राउफ र मोहम्मद आमिरले दुईदुई विकेट लिए । जारी विश्वकपमा क्यानडाले २ खेलमा एक खेल जितेको छ भने एक खेलमा हार बेहोरेको छ । क्यानडाले आयरल्याण्डलाई पराजित गरेको हो भने अमेरिकासँग हार बेहोरेको छ ।

त्यस्तै पाकिस्तानले भने आफ्ना दुवै खेलमा हार बेहोरेको छ । पाकिस्तानले अमेरिका र भारतसँग हार बेहोरेको छ । पाकिस्तानले यस अघिका दुवै खेलमा हार बेहोरेको हुनाले यो खेल जित्नैपर्ने दबाबमा रहेको छ ।

प्रकाशित मिति : २९ जेठ २०८१, मंगलबार  १० : २५ बजे

टाइब्रेकरमा चुक्यो नेपाल, उज्बेकिस्तान एसियन कपमा छनोट

काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टोली एएफसी महिला एसियन

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’