टी–२० विश्वकप : एक सय सात रनको लक्ष्य पछ्याउँदै पाकिस्तान « Khabarhub

टी–२० विश्वकप : एक सय सात रनको लक्ष्य पछ्याउँदै पाकिस्तान


२९ जेठ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


147
Shares
  • change font
  • change font
  • change font

न्युयोर्क । आईसिसी टी–२० विश्वकप अन्तर्गत समूह ‘ए’ को खेलमा क्यानडाले पाकिस्तानलाई एक सय सात रनको लक्ष्य दिएको छ ।

नासाउ काउन्टी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङ गरेको क्यानडाले २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ६ रन बनाएको हो ।

उसका लागि एरोन जोनसनको अर्धशतक प्रहार गरे । ४४ बलको सामना गरेका उनले चार चौका र चार छक्कासहित ५२ रन बनाए । त्यस्तै कलिम सानाले १४ बलमा १३ रन बनाए । कप्तान साद बिन जाफरले १० रन आउट भए ।

पाकिस्तानका ह्यारिस राउफ र मोहम्मद आमिरले दुईदुई विकेट लिए । जारी विश्वकपमा क्यानडाले २ खेलमा एक खेल जितेको छ भने एक खेलमा हार बेहोरेको छ । क्यानडाले आयरल्याण्डलाई पराजित गरेको हो भने अमेरिकासँग हार बेहोरेको छ ।

त्यस्तै पाकिस्तानले भने आफ्ना दुवै खेलमा हार बेहोरेको छ । पाकिस्तानले अमेरिका र भारतसँग हार बेहोरेको छ । पाकिस्तानले यस अघिका दुवै खेलमा हार बेहोरेको हुनाले यो खेल जित्नैपर्ने दबाबमा रहेको छ ।

प्रकाशित मिति : २९ जेठ २०८१, मंगलबार  १० : २५ बजे

परराष्ट्रमन्त्री खनाल र सुडानी राजदूत एल्टोमबीच भेटवार्ता

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि सुडानका गैरआवासीय राजदूत

जलवायु वित्तमा अनुदान र प्रत्यक्ष पहुँच सुनिश्चित गर्नुपर्नेमा जोड

काठमाडौँ-  जलवायु परिवर्तनबाट सिर्जित जोखिम न्यूनीकरण तथा प्रभावित समुदायको संरक्षणका

कांग्रेसको १५औँ महाधिवेशनको मतपरिणाम बिहीबार रातिसम्म सार्वजनिक हुने

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमिति चयनका लागि जारी

सुदूरपश्चिम विश्वविद्यालयका पाँच सङ्कायमा डीन नियुक्त

महेन्द्रनगर- सुदूरपश्चिम विश्वविद्यालयले पाँच सङ्कायका डीनसहित विभिन्न पदमा पदाधिकारी नियुक्त गरेको

पाँच महिनापछि अरुण नदीको सतिघाटमा ‘फेरी’ सञ्चालन

भोजपुर–  भोजपुर र सङ्खुवासभालाई जोड्ने अरुण नदीको सतिघाटमा ‘फेरी’ सेवा