बालबालिकालाई स्कुल ब्याग वितरण « Khabarhub

बालबालिकालाई स्कुल ब्याग वितरण


२९ जेठ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

मोरङ – सुन्दरहरैचा नगरपालिकामा बालबालिकालाई स्कुल ब्याग वितरण गरिएको छ। सुन्दरहरैचा नगरपालिका वडा नम्बर ५ ले वडा कार्यालयको तर्फबाट अमरज्योती आधारभूत विद्यालयमा अध्यायनरत बालबालिकाहरुलाई स्कुल ब्याग वितरण गरिएको हो।

वडा भित्र रहेका बिद्यालयमा साक्षरता अभियानलाई सहयोग पुग्ने उदेस्यले विद्यार्थीहरुलाई स्कुल ब्याग वितरण गरिएको वडाध्यक्ष गणेश चौधरीले जानकारी दिए ।

अमरज्योती आधारभूत विद्यालयमा अध्यायनरत १ देखि ५ कक्षा सम्मका ६५ जना विद्यार्थीहरुलाई स्कुल ब्याग वितरण गरिएको वडाध्यक्ष चौधरीले बताए।

विद्यार्थीहरूलाई दिइएको ब्यागले शिक्षाप्रति थप ऊर्जा बढ्ने र निजी विद्यालयको जस्तै अनुभव हुने उनले बताए। ब्याग पाएपछि विद्यार्थीहरूले पनि खुशी व्यक्त गर्दै निरन्तर बिद्यालय आउने बताएका छन्।

गत आइतबार सम्पन्न भएको सार्वजनिक सुनुवाई कार्यक्रममा उनले वडा कार्यालयले केहि दिन भित्रमै विद्यालयलाई ब्याग वितरण गर्ने बताएका थिए।

प्रकाशित मिति : २९ जेठ २०८१, मंगलबार  ११ : ०० बजे

राप्रपाको १६ बुँदे निर्णय : पूर्वराजा, दल र जेन-जीबीच खोज्यो नयाँ सहमति, मंसिर २३ गते शक्ति प्रदर्शन गर्ने

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यसम्पादन समिति बैठकले

सोलुखुम्बुबाट एमालेका सबै महाधिवेशन प्रतिनिधि सर्वसम्मत चयन

सोलुखुम्बु– नेकपा एमालेको आशन्न ११ औँ राष्ट्रिय महाधिवेशनका लागि सोलुखुम्बु

सरकारले निर्वाचनको वातावरण बनाउनुपर्छ : भीम रावल

कैलाली– नेपाली कम्युनिष्ट पार्टीका नेता डा. भीम रावलले अन्तरिम सरकारले

प्रधानमन्त्रीसँग एमालेको अडान : यो सरकारको वैधताको छिनोफानो सर्वोच्च अदालतले गर्नुपर्छ

काठमाडौं- नेकपा एमालेका नेताहरूले जेन-जी आन्दोलनपछि गत भदौ २७ गते