युरो कप : सेमिफाइनलका दुई स्टारबीच उपाधिका लागि भिडन्त | Khabarhub Khabarhub

युरो कप : सेमिफाइनलका दुई स्टारबीच उपाधिका लागि भिडन्त


२७ असार २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 4 मिनेट


8.1k
Shares
  • change font
  • change font
  • change font

‘म यो क्षण एक सातादेखि पर्खिरहेको थिए’, ओली वाटकिन्सले भने। इंग्ल्यान्ड र नेदरल्यान्ड्स बिचको युरो कप सेमिफाइनलमा ९० मिनेटको समय सकिनै लागेको थियो, त्यो बल उनको अगाडि आइपुग्यो। उनले प्रहार गरेको बल नेदरल्यान्ड्सका गोलरक्षकलाई पार गर्दै लो कर्नरबाट गोलमा परिणत भयो। यो गोल इङ्लिस फुटबल इतिहासको एउटा महत्त्वपूर्ण गोल थियो।

खेल सकिन नौ मिनेट बाँकी रहँदा प्रशिक्षक गेराथ साउथगेटले हेरी केनलाई प्रतिस्थापन गर्दै वाटकिन्सलाई मैदानमा प्रवेश गराएका थिए। सो परिवर्तनले सबैलाई आश्चर्यमा पारेको थियो। पूर्व इङ्लिस टोलीका कप्तान एलन सिययर पनि सो समयमा आफूलाई अचम्म लागेको भए नि निर्णय सही साबित भएको बताउँछन्।

कुनै समय लिग वानको एक्टर सिटीको पहिलो रोजाइको पहिलो टोलीमा रहन आबद्ध हुने उनले ठुलो सङ्घर्ष गरेका थिए। यस भन्दा अघि वाटकिन्सले यस भन्दा अघि मेजर सिटीमा २० मिनेट मात्र खेलेका थिए। सन् २०२० को युरो कप र सन् २०२२ को विश्वकपमा टोलीमा नअटाएका उनले डेनमार्कसँग पहिलो चरणको खेलमा २० मिनेट मैदानमा प्रवेश गरेका थिए।

यी खेलाडीको कथा अर्कै छ। उनका लागि कुनै समय इङ्गलीस राष्ट्रिय टोली कल्पनाको विषय थियो। उनीसँग सही लय, शारीरिक क्षमता र खुबी भए पनि १७ देखि १९ वर्षको उमेर त राम्रोसँग फुटबल नै खेलेका थिएनन्।

उनले १० वर्ष अघि एक्टर सिटीका लागि १८ खेलमा १० गोल गर्दै आफूलाई विङ्गरबाट राम्रो स्ट्राइकरको रूपमा परिणत गरेका थिए। एक्टरका लागि ७८ खेलमा २६ गोल गरेपछि उनी ब्रेन्टफोर्ड पुगेका थिए। उनले त्यहाँ १४३ खेलमा ४९ गोल गरे। त्यसको तीन वर्षपछि उनी प्रिमियर सिपमा प्रवेश गरे। उनको यात्रा अस्टन भिल्लाबाट सुरु भएको हो।

भिल्लाका लागि १६९ खेलमा ७० गोल गरेका उनले क्लबलाई च्याम्पियन्स लिगमा लैजाने क्रममा प्रिमियर सिपमा १९ गोल गरे। अतिरिक्त समयलाई छाड्ने हो भने युरो कप तथा विश्वकप सेमिफाइनलमा वाटकिन्सको गोल सबै भन्दा ढिला भएको विजयी गोल हो। सो गोल हुँदा ८९ मिनेट ५९ सेकेन्ड भएको थियो।

फाइनलमा स्पेनसँग प्रतिस्पर्धा
विजयी इंग्ल्यान्डले स्पेनको सामना गर्नेछ। यी दुई टोली बिच युरो कपमा यो तेस्रो भेट हो। सन् १९८० को प्रतियोगिताको पहिलो चरणमा इङ्लिस टोली २-१ ले विजयी भएको थियो। तथापि दुवै बाहिरिएका थिए।

सन् १९९६ को प्रिक्वाटरफाइनलमा यी दुई टोलीको भेट भएको थियो। सो खेलमा गोल नभएपछि टाईब्रेकरमा इंग्ल्यान्ड विजयी भएको थियो।

ठुला प्रतियोगितामा यी दुई बिचको अर्को भेट सन् १९५० को विश्वकप हो। सो खेलमा स्पेन १-० ले विजयी भएको थियो।

इंग्ल्यान्डका लागि स्पेन सबै भन्दा कठिन प्रतिद्वन्द्वी भएको कुरा नकार्न मिल्दैन। पहिलो चरणमा नै स्पेनले साबिक विजेता इटाली र अर्को शक्ति क्रोएसियाको सामना गरेको थियो। क्वाटर पाइनमा आयोजक जर्मनीलाई हराएको स्पेनले सेमिफाइनलमा विश्व उपविजेता फ्रान्ससँगको खेलमा सफलता पाएको थियो।

यस अघि स्पेनको तीन पटक युरो कप जितेको थियो। सन् १९६४, २००८ र २०१२ को उपाधि विजेता स्पेनको चौथा पटक उपाधि जित्ने प्रयास हो।

स्पेनको साथमा अहिले भएका लामिन यामललाई सन् १९५८ को विश्वकपमा भएको पेलेको उदयसँग तुलना गरिन्छ। सो विश्वकपको समयमा पेले १७ वर्षका थिए। बार्सिलोनाका यी स्टार फाइनल खेलको अघिल्लो दिन १७ वर्ष पुरा हुनछन्। सेमिफाइनलको त्यो उत्कृष्ट गोल मात्र होइन तीन एसिस्ट र १३ वटा अवसर सिर्जना गर्ने उनी प्रतियोगिताको एक उत्कृष्ट खेलाडी समेत हुन्।

दायाँ विङमा यामल खेल्दा वाया विङमा एथलेटिक् विलबाओका निको विलियम्स खेल्छन्। उनी पनि २१ वर्षका मात्र भए।

ठुला प्रतियोगितामा एउटा विशेष हुने गरेका छन्। अनुमान गरिएको केही स्टार खेलाडी प्रतियोगितामा असफल हुन्छन् । धेरै चर्चा नगरिएका खेलाडीले प्रतियोगिताको दिशा नै परिवर्तन गरिदिएको घटना धेरै छन्।

सन् २०१६ को युरो कप पनि यसैको एउटा उदाहरण हो। फाइनलमा पोर्चुगललाई जिताउने क्रममा बेन्चबाट आएर एडगरले उत्कृष्ट गोल गरेका थिए। सोही गोल पोर्चुगलको फुटबल इतिहासमा सधैँ अविस्मरणीय रहने गरेको छ।

प्रतियोगिता अगाडि पण्डितहरूले केही स्टार हुन सक्ने खेलाडीको बारे चर्चा गरेका थिए। यी खेलाडीमा पोर्चुगलका एन्टेनियो सिल्भा, स्पेनका मार्टिनेज र जर्मनीका नोहा अबुतली थिए। यी खेलाडीलाई प्रभाव पार्न सक्ने युवा खेलाडीको सूचीमा समावेश गरिएको थियो। यसै गरी सूचीमा जर्मनीका जोहान बकायालो तथा इटालीका थोमास बाल्डान्ज समावेश थिए। यो लामो सूचीमा यामल पनि थिए।

हरेक प्रतियोगिताले एउटा नयाँ स्टारको जन्म गराउँछ। यस पटक गराएको छ। तथापि एकदमै भिन्न जुन उमेरमा यामल सुपर स्टारको रूपमा उदाए, सोही उमेरमा वाटकिन्सका लागि आफ्नो देशको घरेलु प्रतियोगिताको माथिल्लो लिग पनि सपना जस्तै थियो। बढ्दो उमेरमा पाएको यो सफलता साँच्चै उदाहरणीय हो। सेमिफाइनलका यी स्टारको फाइनल भेटले पक्कै केही नयाँपन दिने छ। स्रोतः बिबिसी

प्रकाशित मिति : २७ असार २०८१, बिहीबार  ९ : २१ बजे

संविधान र लोकतन्त्रलाई उन्नत बनाउन प्रतिनिधिसभा सदस्यको निर्वाचन सफल बनाउनुपर्छ : राष्ट्रपति 

काठमाडौं–  राष्ट्रपति रामचन्द्र पौडेलले संविधान र लोकतन्त्रलाई अझ उन्नत तथा सुदृढ

मोरङको रंगेलीमा देखियो हाइनाको बथान

काठमाडौं- मोरङको रंगेलीमा हाइनाको एउटा बथान देखिएको छ । हाइनाको

सडकको कालोपत्र र ढलान सुरु

गलकोट– बागलुङ नगरपालिकाले नगरभित्रका पाँच साना सडकको कालोपत्र र ढलान

भरतपुर अस्पतालमा उपचाररत थालेसेमियाका बिरामीको स्वास्थ्य बीमा शुल्क हस्तान्तरण

चितवन– भरतपुर अस्पतालमा उपचाररत थालेसेमियाका बिरामीहरूको स्वास्थ्य बीमा गर्दै आएको

बगैँचाबाटै सुन्तला बिक्री हुँदा किसान खुसी

त्रिवेणी– नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको बौदीकाली–५, बबकका गेशबहादुर रानालाई यस