जसपाका केन्द्रीय समिति घोषणा « Khabarhub

जसपाका केन्द्रीय समिति घोषणा


२७ असार २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) नेपालले दुई सय १५ सदस्यीय केन्द्रीय समिति घोषणा गरेको छ ।

गत जेठ २८, २९ र ३० गते जनकपुरधाममा सम्पन्न महाधिवेशनले अध्यक्षमा उपेन्द्र यादवलाई सर्वसम्मत चयन गरेको थियो । अध्यक्ष यादवले आज दुई सय १५ सदस्यीय केन्द्रीय समिति घोषणा गरेका हुन् ।

अध्यक्ष यादवद्वारा हस्ताक्षरित विज्ञप्तिअनुसार केन्द्रीय कार्यकारिणी समिति सदस्यमा रकम चेम्जोङ, गोविन्द चौधरी, प्रकाश अधिकारी, मृगेन्द्रकुमार सिंह, मनिषकुमार सुमन, राजकिशोर यादव, लालबाबु राउत र शिवलाल थापामगर रहेका छन् ।

यस्तै केन्द्रीय समिति सदस्यमा अमरेश नारायण झा, अर्जुन थापा, अशेश्वर यादव, अशोककुमार यादव, अनिरुद्रप्रसाद सिंह, अमरनाथ मण्डललगायत छन् । जसपाले अध्यक्ष, कार्यकारिणी समिति सदस्य र केन्द्रीय सदस्यको नामावली सार्वजनिक गरेको हो ।

पार्टीको बाँकी पदाधिकारी चाँडै टुङ्गो लगाइने सो पार्टीले जनाएको छ । जसपामा अध्यक्षसहित सहअध्यक्ष एक, उपाध्यक्ष पाँच, महासचिव दुई, उपमहासचिव तीन, सचिव सात र कोषाध्यक्ष एक हुने व्यवस्था छ ।

प्रकाशित मिति : २७ असार २०८१, बिहीबार  १० : ३६ बजे

नेपाल–पोर्चुगल सम्बन्धमा संसदको नयाँ पहल, बन्यो मैत्री समूह

काठमाडौं – नेपाल–पोर्चुगलबीचको सम्बन्धलाई संसदीय तहबाट थप मजबुत बनाउन संघीय

एक महिनामा ८८ हजार विदेशी पर्यटक भित्रिए

काठमाडौं– सन् २०२६ को सेप्टेम्बर महिनामा ८८ हजार २४८ विदेशी

भैरहवामा दुई करोड ५१ लाख मूल्यका दुई किलोभन्दा बढी सुनका गरगहना बरामद

रूपन्देही– सिद्धार्थनगर नगरपालिका–१ शान्तिगेटस्थित जाँचकक्षबाट सशस्त्र प्रहरीले दुई करोड ५१

पोखराको फिर्के खोला किनारमा फेरि चल्यो डोजर, ५६ संरचना भत्काइँदै (तस्बिरहरू)

 पोखरा– फिर्के खोलामा बनेका संरचना भत्काउन पोखरा महानगरपालिकाले यसअघि थालेको अभियानलाई

‘पार्टीभित्र कुनै अन्तर्विरोध छैन, वर्तमान सरकार ५ वर्षसम्म चल्छ, असफल हुने छुट छैन’

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डा. अमरेश कुमार