पीडितलाई तत्काल उद्धार र राहत दिन माधव नेपालको माग | Khabarhub Khabarhub

पीडितलाई तत्काल उद्धार र राहत दिन माधव नेपालको माग


२७ असार २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले बाढीपहिरामा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका छन् ।

अध्यक्ष नेपालले आज एक विज्ञप्ति जारी गर्दै केही दिनदेखि वर्षाका कारण बाढीपहिरोले देशका विभिन्न भागमा हालसम्म ८० जनाको निधन तथा पाँच जना बेपत्ता र ९७ जना घाइते भएकामा दुःख व्यक्त गरेका हुन् ।

प्राकृतिक विपत्तिका कारण दुई हजार सात सय ६४ घरपरिवार विस्थापित भएको तथा कयौँ भौतिक संरचना, लाखौँको अन्नबाली र ठूलो सङ्ख्यामा पशुचौपाया नष्ट भएको बताउँदै उहाँले पीडितलाई तत्काल उद्धार र राहत प्रदान सरकारको ध्यानाकर्षण गराएका छन् ।

हाल देशमा भइरहेको बाढीपहिरोलगायत विपद् व्यवस्थापनमा तत्काल खट्न सरकारलाई आग्रह गर्दै अध्यक्ष नेपालले बाढीपहिरो र डुबानबाट पीडितलाई तत्काल आवास, खाद्यान्न, लत्ताकपडा, भाँडाकुँडा, घाइतेका उपचार र मृतकका परिवारलाई आर्थिक सहयोगलगायत कार्य प्रभावकारी, निष्पक्ष र पारदर्शी रुपमा सञ्चालन गर्न माग गरे ।

पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष नेपालले आगामी दिनमा समस्या अझै गम्भीर हुने सम्भावना रहेकाले राज्यका सम्पूर्ण निकायहरू, जनप्रतिनिधि तथा आम जनसमुदायले प्राकृतिक विपत्तिमा आआफ्नो ठाउँबाट पीडित समुदायको उद्धार र राहत वितरणमा सक्रियताका साथ योगदान गर्न सम्पूर्ण पार्टी, जनसङ्गठन, जनप्रतिनिधि, पार्टी सदस्यहरू तथा सङ्घसंस्थालाई आह्वान गरेका छन् ।

प्रकाशित मिति : २७ असार २०८१, बिहीबार  १० : ५४ बजे

वर्षायामको आगमनसँगै सौराहामा घटे पर्यटक

चितवन– पर्यटकीय नगर सौराहामा विगत २५ वर्षदेखि व्यवसाय गर्दै आएका

एक करोड लागतमा वडा कार्यालय भवन निर्माण

म्याग्दी– रघुगङ्गा गाउँपालिका–१ बेगमा एक करोड पाँच लाखको लागतमा वडा

ढुङ्गा लागेर टहरामा सुतेका दिदी बहिनीको मृत्यु

काँक्रेविहार– जाजरकोटको कुशे गाउँपालिका–३ तर्पेनामा एकै घरका दिदी र बहिनीको

राष्ट्रियसभाको बैठक बस्दै

काठमाडौं – सङ्घीय संसद् राष्ट्रियसभाको बैठक १ः१५ बजे सङ्घीय संसद्

खर्च विधेयक पास भएपछि ट्रम्पले भने-‘अब अमेरिका रकेटकै गतिमा चल्छ’

वाशिङ्टन – लामो छलफल र बहसपछि अमेरिकी संसद्ले राष्ट्रपति डोनाल्ड