पीडितलाई तत्काल उद्धार र राहत दिन माधव नेपालको माग « Khabarhub

पीडितलाई तत्काल उद्धार र राहत दिन माधव नेपालको माग


२७ असार २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले बाढीपहिरामा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका छन् ।

अध्यक्ष नेपालले आज एक विज्ञप्ति जारी गर्दै केही दिनदेखि वर्षाका कारण बाढीपहिरोले देशका विभिन्न भागमा हालसम्म ८० जनाको निधन तथा पाँच जना बेपत्ता र ९७ जना घाइते भएकामा दुःख व्यक्त गरेका हुन् ।

प्राकृतिक विपत्तिका कारण दुई हजार सात सय ६४ घरपरिवार विस्थापित भएको तथा कयौँ भौतिक संरचना, लाखौँको अन्नबाली र ठूलो सङ्ख्यामा पशुचौपाया नष्ट भएको बताउँदै उहाँले पीडितलाई तत्काल उद्धार र राहत प्रदान सरकारको ध्यानाकर्षण गराएका छन् ।

हाल देशमा भइरहेको बाढीपहिरोलगायत विपद् व्यवस्थापनमा तत्काल खट्न सरकारलाई आग्रह गर्दै अध्यक्ष नेपालले बाढीपहिरो र डुबानबाट पीडितलाई तत्काल आवास, खाद्यान्न, लत्ताकपडा, भाँडाकुँडा, घाइतेका उपचार र मृतकका परिवारलाई आर्थिक सहयोगलगायत कार्य प्रभावकारी, निष्पक्ष र पारदर्शी रुपमा सञ्चालन गर्न माग गरे ।

पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष नेपालले आगामी दिनमा समस्या अझै गम्भीर हुने सम्भावना रहेकाले राज्यका सम्पूर्ण निकायहरू, जनप्रतिनिधि तथा आम जनसमुदायले प्राकृतिक विपत्तिमा आआफ्नो ठाउँबाट पीडित समुदायको उद्धार र राहत वितरणमा सक्रियताका साथ योगदान गर्न सम्पूर्ण पार्टी, जनसङ्गठन, जनप्रतिनिधि, पार्टी सदस्यहरू तथा सङ्घसंस्थालाई आह्वान गरेका छन् ।

प्रकाशित मिति : २७ असार २०८१, बिहीबार  १० : ५४ बजे

वाग्मती सफाइ महाअभियान ७०० औँ हप्तामा

काठमाडौं– चौध वर्षअघिदेखि सुरु भएको वाग्मती सफाइ महाअभियान ७००औँ हप्तामा

भौतिकसँगै संरचनागत विकासले फेरिँदै च्याङ्ग्रे क्षेत्र

भोजपुर– भौतिक तथा पर्यटकीय संरचना निर्माणले भोजपुरको च्याङ्ग्रे पोखरी र

नागरिकको विश्वास जित्नेगरी पार्टीलाई रूपान्तरण गर्ने सभापति थापाको प्रतिबद्धता

काठमाडौं- नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले नागरिकको विश्वास जित्नेगरी

भारतमा दर्जनौँ विपक्षी नेता, सयौँ प्रदर्शनकारी पक्राउ

काठमाडौं- भारतमा दर्जनौँ विपक्षी नेताहरु पक्राउ परेका छन् । प्रमुख

सरकारलाई काम गर्ने अवसर दिनुपर्छ : अध्यक्ष घिसिङ

नारायणगढ – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले सकारात्मक समन्वयका