रातभर भारी वर्षा : उपत्यकासहित विभिन्न ठाउँमा बाढीको जोखिम « Khabarhub

रातभर भारी वर्षा : उपत्यकासहित विभिन्न ठाउँमा बाढीको जोखिम


२७ श्रावण २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


864
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले उपत्यकासहित विभिन्न ठाउँमा बाढीको जोखिम रहेको भन्दै सचेत रहन अनुरोध गरेको छ। शनिबार रातिदेखि परेको भारी वर्षापछि बाढी पूर्वानुमान महाशाखाले यस्तो अनुरोध गरेको हो।

आइतबार बिहानसम्मै काठमाडौं उपत्यकाको बुढानीलकण्ठ र आसपास भारी वर्षा भएकाले विष्णुमती, धोबीखोला आसपास बाढी आएको महाशाखाले जनाएको छ।

बाढी पूर्वानुमान महाशाखाले यी नदीमा पानीको सतह सतर्कता तहभन्दा माथी पुग्नसक्ने भन्दै बिहान १० बजेसम्म नदी तटीय क्षेत्रमा बसोबास गर्ने र करिडोर सडकबाट यात्रा गर्नेलाई सचेत गराएको हो।

महाशाखाले मकवानपुरको रजैया, चिसापानीगढी, हात्तीसूडे, बाराको अमलेखगञ्ज वर्षामापन केन्द्रमा मध्यम वर्षा मापन भएकाले सो क्षेत्र भएर बहने पूर्वी राप्ती नदी र साना खोलामा एक्कासी बाढी आउन सक्ने बताएको छ।

सिन्धुपालचोकको गोब्रे, बाँसखर्क, बाउनेपाटी, धाप, भोटाङ, मानेखर्क भइ बहने नदीमा बाढी आउने र कमजोर तथा भिरालो जमिनमा पहिरोको जोखिम भएको भन्दै आसपासका नागरिकलाई सावधानी अपनाउनसमेत बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ।

शनिबार रातिदेखि परेको भारी वर्षा आइतबार बिहानसम्म रोकिएको छैन।

प्रकाशित मिति : २७ श्रावण २०८१, आइतबार  ५ : ५६ बजे

बिपीको विचार र १५औँ महाधिवेशन : कांग्रेस नेतृत्वको फेरबदलमाथि जगत नेपालको विश्लेषण

काठमाडौँ – आइतबारदेखि नेपाली कांग्रेसको १५ औँ महाधिवेशन सुरु भएको

यूईएफए नेसन्स लिग : बेल्जियममाथि फ्रान्सको सानदार जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा बेल्जियममाथि फ्रान्सले सानदर जित निकालेको छ

कांग्रेस महाधिवेशन : आज उम्मेदवारको मनोनयन दर्ता

काठमाडौँ– काठमाडौँको खुलामञ्चमा जारी नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज

बाढीपहिरोका कारण सडक पूर्वाधारमा क्षति

बागलुङ– बागलुङमा बाढी, पहिरोका कारण ठूलो जनधनको क्षति भएको छ

मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण