सडक बगेपछि आवागमन कष्टकर | Khabarhub Khabarhub

सडक बगेपछि आवागमन कष्टकर


२७ श्रावण २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

भोजपुर– भोजपुरको इर्खुवाखोलामा आएको बाढीले सडक बगाउँदा साल्पासिलिछो गाउँपालिकामा आवागमन कष्टकर भएको छ ।

यही साउन १६ गतेकोे बढीले गोथेबजारबाट नागदह हुँदै दोभाने, ओसेप्ला, खाम्दाक खण्डको २० किलोमिटर सडक विभिन्न स्थानमा बगाउँदा आवागमन कष्टकर भएको हो ।

बाढीबाट पुललगायत अन्य संरचनामा पनि क्षति भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अनिश काफ्लेले जानकारी दिए । उनले बाढीले सडक बगाउँदा खाद्यान्न ढुवानीमा समस्या भएको बताए । बढीबाट पाँच करोड रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको छ ।

गाउँपालिकाको केन्द्र चौकीडाँडासँगै भोजपुर सदरमुकाम तथा अन्य जिल्ला आवतजावत गर्ने तीनवटै सडकका सबै नाका बन्द भएको गाउँपालिका अध्यक्ष दौलथ कुलुङले बताए ।

उनले गाउँपालिकाको बजेटले भत्केको सडक मर्मतसम्भार तथा बगेको स्थानमा नयाँ बनाउन नसकिने बताए । बाटो बनाउन १० करोड लाग्ने उनको अनुमान छ । क्षति भएका संरचना बनाउन केन्द्र र प्रदेश सरकारलाई गुहार्नुको विकल्प आफूहरूसँग नभएको पनि उनको भनाइ छ ।

बढीले वडा नम्बर १ गौडेनीस्थित पुलमा एक करोड ५० लाख, वडा नम्बर ३ मा इर्खुवाखोला लघुजलविद्युत् आयोजनामा एक करोड, वडा नम्बर ५ र ६ को दोभाने फेदी सडकमा एक करोड र भमला ढाँडगाउँ पुलमा १० लाख रुपैयाँ बराबरको क्षति भएको गाउँपालिकाले जनाएको छ । यसैगरी, वडा नम्बर ४ मा निर्माणाधीन याक्सा नागदह मोटरेबल पक्की पुलमा ४० लाख रुपैयाँ बढीको क्षति भएको छ ।

प्रकाशित मिति : २७ श्रावण २०८१, आइतबार  ८ : ११ बजे

विश्वको समग्र आर्थिक वृद्धिसँगै असमानता गहिरिँदै गएको छ : प्रधानमन्त्री

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले स्पेनको सेभिया शहरमा आयोजित

प्रधानमन्त्री ओली र संयुक्त राष्ट्रसंघका महासचिव गुटरेसबीच भेटवार्ता

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली र संयुक्त राष्ट्रसंघका महासचिव

जीबी राई पक्राउ गर्न सरकारलाई ज्ञानेन्द्र शाहीको चुनौती

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले

ह्वात्तै बढ्यो पेट्रोलियम पदार्थको मूल्य (सूचीसहित)

काठमाडौं – पेट्रोलियम पदार्थको मूल्यमा फेरि वृद्धि भएको छ। नेपाल

नेपाल लगानीका लागि उर्वर, भ्रमणका लागि सुन्दर : योगेश भट्टराई

डेनमार्क – नेकपा (एमाले)का सचिव तथा पूर्वमन्त्री योगेश भट्टराईले डेनिस