फाइल फोटो

आर्थिक

सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ? 

By खबरहब

August 11, 2024

काठमाडौं– साताको पहिलो कारोबार दिन अर्थात आइतबार नेपाली बजारमा सुनको मूल्य बढेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ७०० रुपैयाँले बढेर १ लाख ४८ हजार ८०० रुपैयाँ कायम भएको छ ।

यसअघि, शुक्रबार छापावाल सुन १ लाख ८८ हजार १०० रुपैयाँ कायम रहेको थियो ।

यता, आज चाँदीको भाउ भने प्रतितोला १० रुपैयाँले घटेर १७ सय २० रुपैयाँ कायम भएको छ । शुक्रबार चाँदीको भाउ प्रतितोला १७ सय ३० रुपैयाँ कायम रहेको  थियो ।