माओवादी क्षयीकरणबारे जनार्दनका १० बुँदा « Khabarhub

माओवादी बैठक

माओवादी क्षयीकरणबारे जनार्दनका १० बुँदा


२७ श्रावण २०८१, आइतबार  

पढ्न लाग्ने समय : 3 मिनेट


12.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले पार्टी क्षयीकरणका कारणबारे स्थायी कमिटी बैठकमा १० बूँदे कारण पेश गरेका छन्‌ ।

२०६३ सालमा हतियार बिसाएर शान्तिप्रक्रियामा आएपछि माओवादीले जनजीविकाकै आधारभूत सवाल सम्बोधन गर्न नसकेको शर्माले बैठकमा पेश गरेको प्रस्तावमा उल्लेख छ ।

साउन २५ देखि शुरू भएको स्थायी कमिटी बैठकमा शर्माले ‘पार्टी निर्माणका समस्या, समाधानका उपाय र आगामी कार्यभार’ शीर्षकमा १४ पृष्ठको प्रस्ताव पेश गरेका हुन्‌ ।

शान्तिप्रक्रियामा आएपछि पार्टीका दुई कार्यभार रहेको शर्माले लेखेका छन्‌ । पहिलो कार्यभार संविधान निर्माण र शान्तिप्रक्रियालाई तार्किक निष्कर्षमा पुर्‍याउने र दोस्रो जनतन्त्र, राष्ट्रियता र जनजीविकाको मूल नारा कार्यान्वयन गर्नु रहेको शर्माको प्रस्तावमा उल्लेख छ ।

सो प्रस्तावको पृष्ठभूमिमै शर्माले जनयुद्ध, जनआन्दोलन र संविधानसभा हुँदै समावेशी, सहभागितामूलक लोकतान्त्रिक गणतन्त्र स्थापना सम्भव भएको लेखेको छन्‌ । तर समाजवादउन्मुख सारतत्वको संविधानद्वारा प्रत्याभूत अधिकार र उपलब्धिहरू किन संस्थागत हुन सकेनन्‌ ? अधिकारसम्पन्न जनता आज उत्साहित र प्रफुल्लित हुनुको साटो अझ बढी हतोत्साहित र निराश किन छन्‌ भन्ने विषय प्रमुख राजनीतिक प्रश्न बनेको उल्लेख गरेका छन्‌ ।

संविधानमार्फत सहमागितामूलक समावेशी राज्य संरचना स्थापना र मौलिक अधिकारको व्यवस्थाले जनतन्त्रको सवाल सम्बोधन गरेको मान्न सकिने धारणा राखेका शर्माले अर्कातर्फ राष्ट्रियता र जनजीविकाको मुद्दा सम्वर्द्धन गर्न नसक्दा जनतन्त्रमाथि नै धावा बोल्ने परिस्थिति पैदा हुँदै गरेको दाबी गरेका छन्‌ ।

राष्ट्रियताका मामिलामा पनि उनले पार्टी नेतृत्व अर्थात्‌ अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ मााथि आर्थिक मामिलालाई लिएर तीखो सवाल उज्याएकाा छन्‌ । प्रस्तावमा उनले लेखेका छन्‌-

राष्ट्रियता कुनै पनि राष्ट्रका लागि सबैभन्दा संवेदनशील विषय हो । यसको सुदृढीकरणका लागि आर्थिक आत्मनिर्भरताको नीति चाहिन्छ । आर्थिक आन्मनिर्भरताको लागि उत्पादनमुखी अर्थतन्त्र जरुरी हुन्छ । यसो लागि आयात प्रतिस्थापन र निर्यात प्रवर्द्धनको प्रभावकारी नीति चाहिन्छ ।…त्यसका लागि राष्ट्रपति इमान्दार, सबल र सुदृढ नेतृत्व र कूटनीति चाहिन्छ ।…तर आज सिद्धान्तहीन सहकार्य तथा हचुवा परराष्ट्र नीतिका कारण नेपालको राष्ट्रियता सुदृढ हुन सकेको छैन ।

उपमहासचिव शर्माले माओवादीले सशस्त्र संघर्षताका निकै मुखाग्र बनाएको जनजीविकाका सवाललाई लिएर पनि सवाल उठाएका छन्‌ । उनले यो जनताको आर्थिक जीवनसँग जोडिएको महत्वपूर्ण प्रश्न र गाँस, बास, कपास, शिक्षा, स्वास्थ्य र रोजगारीको प्रश्न हो भनेका छन्‌ ।

तर, पार्टी र नेतृत्वप्रति विश्वास गरेर जनयुद्ध तथा जनआन्दोलनमा लागेको वर्ग र समुदायका दैनिक जीवनका समस्याहरू समाधान गर्न नसकेका कारण त्यो वर्ग र समुदाय माओवादी पार्टीबाट टाढिँदै गएको शर्माले स्वीकारेका छन्‌ ।

उनले अगाडि लेखेका छन्‌, ‘संविधानद्वारा प्रत्याभूत अधिकार र उपलब्धिहरू किन संस्थागत हुन सकेनन्‌ रु अधिकार सम्पन्न जनता आज उत्साहित र प्रफुल्लित हुनुको साटो अझ बढी हतोत्साहित र निराश किन छन्‌ भन्ने विषय आजको प्रमुख राजनीतिक प्रश्न बन्न पुगेको छ ।’

विभिन्न १० विषय सम्बोधन गर्न नसक्दा अहिले यस्तो अवस्था निम्तिएको शर्माले प्रस्तावमा लेखेका छन्‌ ।

प्रकाशित मिति : २७ श्रावण २०८१, आइतबार  १ : २७ बजे

विपद् अध्ययन समितिका सभापति पौडेलले लिंए शपथ

काठमाडौँ- राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले ‘भोटेकोशी तथा कालीगण्डकी करिडोर विपद्सम्बन्धी अध्ययन

अध्यक्ष ओलीसमक्ष वरिष्ठ नेता भण्डारीले लिइन् शपथ

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी औपचारिक रूपमा नेकपा एमालेको वरिष्ठ नेताको

गोली हानेर पक्राउ परेका आर्यन २७ मुद्दाका प्रतिवादी

काठमाडौं– प्रहरीले काठमाडौं उपत्यकाका विभिन्न स्थानमा सिलसिलाबद्ध रूपमा मोटरसाइकल चोरी,

शिक्षकबाट कृषिउद्यमी बनेका फेन्चु

बागमती– हेटौँडा उपमहानगरपालिका–१३ पदमपोखरी आदामारका ३७ वर्षीय युवा फेन्चु लामा

विश्वप्रकाशले भने- ‘विवेक प्रयोग गरेर मत हाल्नुस्, यो या त्यो पक्ष भन्ने छैन’

काठमाडौँ- नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट सर्वसम्मत वरिष्ठ उपसभापति बनेका विश्वप्रकाश शर्माले