प्रतिवेदन बनाउनुअघि जनार्दनले गरेका थिए सातै प्रदेशमा छलफल | Khabarhub Khabarhub

प्रतिवेदन बनाउनुअघि जनार्दनले गरेका थिए सातै प्रदेशमा छलफल


२७ श्रावण २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


7.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले माओवादी पार्टी रूपान्तरणका लागि तीनवटा मागसहितको १४ पृष्ठ लामो प्रतिवेदन स्थायी कमिटी बैठकमा पेश गरेका छन्।

शर्माले पेश गरेको प्रतिवेदनमा प्रचण्डलाई तीनवटा विकल्प दिएइको छ-

एक- वैचारिक काम र  सताको नेतृत्व गर्ने र पार्टी नेतृत्व प्रचण्डले चाहेको व्यक्तिलाई हस्तान्तरण गर्ने ।

दुई- प्रचण्डले संरक्षकको भूमिकामा रहेर वैचारिक प्राधिकार र सत्ताको नेतृत्व गर्ने हालका पदाधिकारीहरु सल्लाहकारको भूमिकामा रही तेस्रो तहका युवालाई कार्यकारी सांगठानिक नेतृत्व हस्तान्तरण गर्ने ।

तीन– हालको केन्द्रीय कमिटी भङ्ग गरी प्रचण्डको संयोजकत्वमा महाधिवेशन आयोजक समिति बनाई महाधिवेशन मार्फत् प्रत्यक्ष निर्वाचनबाट नयाँ नेतृत्व चयन गर्ने गरी मिति तोक्ने।

माओवादीका एक स्थायी समिति सदस्यले खबरहबसँग भने,’उहाँले आफ्नो तहबाट प्रतिवेदन प्रस्तुत गर्न पाउनुहुन्छ तर उहाँको प्रतिवेदन कसरी मान्ने अथवा कसरी कार्यान्वयन गर्ने भन्ने एउटा कुरा हो । त्यस विषयमा हामी छलफल गरेर निष्कर्षमा पुग्छौं। आफ्नो योग्यता क्षमताका आधारमा प्रतिवेदन ल्याउन पाइन्छ।’

शर्माले प्रदेश इन्चार्ज र विद्यार्थी नेताहरुसँग छलफल गरेरै यो प्रतिवेदन बनाएको स्रोतले बतायो। जनार्दन संगठन विभागका प्रमुखसमेत हुन् । उनले यो प्रतिवेदन बनाउँदा सात प्रदेशका इन्चार्ज, सह इन्चार्ज र पदाधिकारीसँग समेत छलफलमा गरेको स्रोतको दाबी छ। आफू संगठन विभाग इन्चार्ज भएर काम गर्दा सबै प्रदेश सातैवटा प्रदेशमा गएर  छलफल गरेको शर्मा निकट नेताको भनाइ छ ।

जनार्दनले समेत पार्टीको बैठकमा आफूले एकल रुपमा प्रतिवेदन नल्याएको बताउँदै यो प्रतिवेदन सातै प्रदेशमा घुमेर निकै गम्भीर र महत्वपूर्ण छलफलबाट तयार भएको  र यसलाई खेलाँची नठान्न भनेका छन्।

बैठकमा उपस्थित एक नेताले खबरहरूलाई दिएको जानकारी अनुसार, जनार्दनको प्रतिवेदनमा दोस्रो तहका केही नेताहरूले साथ दिएका छन्। तर, प्रचण्डको विकल्प अहिले नै खोज्न उनीहरू तयार देखिएका छैनन्। उनीहरूले पार्टी नयाँ ढंगले अगाडि बढ्ने कुरामा पूर्ण रुपमा सहमति जनाउँदै बोलिरहेका छन् ।

प्रचण्डको विकल्प अहिले नै नभएको भन्दै महासचिव देव गुरुङ, वर्षमान  पुन आदिले जनार्दनको  नेतृत्व पुस्तान्तरणको माग भने फरक मत राखेका छन्। उपमहासचिव शर्मा आफैले पनि संगठन विभाग प्रमुख भएर सात प्रदेशबाट आएका विभिन्न प्रस्तावहरूलाई एकीकृत गरेर यो प्रतिवेदन बनाएको बताइरहेका छन्।

जनार्दनको कुरामा पूर्णरूपमा सहमत देखिएका राम कार्कीले नयाँ जोश जाँगर भएको युवालाई आफूले नेतृत्व मान्न तयार रहेको  बैठकमा बताएका छन् । कार्कीले रूपान्तरणका लागि जनतामा गएर आशा भरोसा जगाउने खालको युवा आउनुपर्ने बताएका छन्।

केही महिना अगाडि खबरहबसँगको कुराकानीमा पनि कार्कीले नयाँ आउने नेतृत्व र विचारलाई आफूले स्वीकार गर्न तयार रहेको तर त्यो नेतृत्वले कायापलट गर्न सक्ने क्षमता राख्नुपर्ने बताएका थिए।

यस्तै अर्ली महाधिवेशन गर्ने कुरामा पनि सबैले एक्यवद्धता जनाएको बताइएको छ। बैठकमा सहभागी एक स्थायी समिति सदस्यले भने,’महाधिवेशन गर्ने कुरामा सबैले सहमति जनाउनुभएको छ। तर पुरानै ढर्रामा गर्ने या नयाँ पद्धतिमा जाने भन्ने विषयमा भने सहमति जुटेको छैन।’

पार्टीको महाधिवेशन गरेर जनतामा आशा भरोसा र नयाँ विचार जगाउन सक्ने भन्दै तत्काल पार्टी महाधिवेशनमा जानुपर्ने सबैको तर्क छ।

कोशी प्रदेश इन्चार्ज हर्कबहादुर नेम्वाङ मिक्सोले पनि सातै प्रदेशमा छलफल भएको बताए। उनले खबरहबसँगभने ‘सातै प्रदेशमा पार्टीको सुझाव सङ्कलनमा हुँदा  कोशीमा पनि व्यापक छलफल र विमर्श भएर हामी लगायत सम्पूर्णले सुझाव दिएका छौं । यो प्रतिवेदन तयार पार्न उहाँले तल्लो तहका नेतादेखि लिएर सम्पूर्ण विज्ञ, विद्यार्थी, युवा साथीहरूसँग छलफल गर्नुभएको छ।’

कर्णाली प्रदेश अध्यक्ष बिमला केसी पनि शर्माले विभिन्न विषयमा विभिन्न व्यक्तिहरूसँग सुझाव लिएर प्रतिवेदन बनाएको दाबी गर्छिन्। उनले खबरहबसँग भनिन्, ‘पार्टी चलायमान बनाउनुप पर्‍यो र पार्टी शुद्धीकरण गरेर जनतामा आश भर्न के गर्नुपर्छ लगायतका सन्दर्भमा उहाँले प्रत्येक प्रदेशमा सुझाव लिनुभएको हो। उहाँले सामूहिक र व्यक्तिगत रूपमा पनि सबैसँग सुझाव लिनुभएको छ। जनताको धारणा पनि यो प्रतिवेदनमा समावेश छ।’

प्रकाशित मिति : २७ श्रावण २०८१, आइतबार  ५ : ०९ बजे

संविधानले नेपाली समाजलाई एकताको सूत्रमा आबद्ध गरेको छ : राष्ट्रपति 

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले संविधानले केन्द्रीकृत र एकात्मक राज्य व्यवस्थाद्वारा

बिहीबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल असोज ३ गते बिहीबार सन्

चाडपर्वको मुखमै सुन कारोबारमा मन्दी

काठमाडौं– दशैं, तिहार र छठजस्ता चाडपर्व नजिकिँदै गर्दा सुनको कारोबारमा

च्याम्पियन्स लिग: म्यानचेस्टर र इन्टरको बराबरी, पिएसजी र सेल्टिकको विजयी सुरुवात

लण्डन – स्कटल्यान्डको सेल्टिकले युरोपेली च्याम्पियन्स लिगमा शानदार सुरुवात गरेको

केही भूभागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना  

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल