अन्तर्राष्ट्रिय

भारत र जिम्बाब्वेबीच कूटनीतिक बैठक सम्पन्न

By खबरहब

August 11, 2024

काठमाडौं– भारत र जिम्बाब्वेका कूटनीतिज्ञबीच द्विपक्षीय सहकार्य वृद्धि गर्ने विषयमा छलफल भएको छ ।

जिम्बाब्वेको राजधानी हरारेमा आयोजित वैदेशिक परामर्शसम्बन्धी द्विपक्षीय बैठकमा दुई मुलुकबीच व्यापार, विकास साझेदारी, कृषि, रक्षा एवम् अन्य क्षेत्रमा सहकार्य बढाउने विषयमा छलफल भएको हो ।

बैठकमा भारतीय विदेश मन्त्रालयका अतिरिक्त सचिव पुनित आर कुन्दल र जिम्बाब्वेका तर्फबाट त्यहाँको विदेश मामिला तथा अन्तर्राष्ट्रिय व्यापार मन्त्रालयका प्रमुख निर्देशक माइक चिगिजी सहभागी थिए ।

भारतीय समाचार संस्था एएनआईका अनुसार बैठकमा दुई पक्षबीच परस्पर हित तथा संयुक्त राष्ट्रसंघमा समन्वय गर्ने विषयमा पनि छलफल भएको थियो ।

बैठकले दुई मुलुकबीच कायम रहेका संयुक्त आयोग तथा व्यापार समितिलाई थप प्रभावकारी बनाउने समेत सहमति गरेको भारतीय विदेश मन्त्रालयले जनाएको छ ।

आगामी बैठक दुवै पक्षलाई पायक पर्ने समयमा भारतको राजधानी नयाँ दिल्लीमा आयोजना गर्न पनि दुई मुलुक सहमत भएका छन् ।