नेपालमा पहिलोपटक एआई म्युजिक भिडियो सार्वजनिक « Khabarhub

नेपालमा पहिलोपटक एआई म्युजिक भिडियो सार्वजनिक


२७ श्रावण २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


20.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली म्युजिक भिडियोको इतिहासमा पहिलोपटक एआई (आर्टिफिसियल इन्टिलिजेन्ट) भिडियो सार्वजनिक भएको छ।

नेपाल र अमेरिकामा ख्याति कमाउन सफल नेप्लिज अमेरिकन पप रक ब्यान्ड द भाइब्ज ब्यान्डले आफ्नो गीत थाकिसके माथि एआइद्वारा निर्मित म्युजिक भिडियो आइतबार सार्वजनिक गरेको हो ।

यो एआई भिडियो नेपालको टेलिभिजन इतिहासमा पहिलोपटक प्रसारण गरिएको हो। एआईलाई दिइएको निर्देशनमा आधारित सो भिडियोमा एआई युवायुवतीको प्रेम र बिछोडको दृश्यलाई मनमोहक ढंगले देखाइएको छ ।

एआई भिडियोमा इनडोर र आउटडोर तथा  कफी सपदेखि गाउँ–शहरका विभिन्न रमणीय दृश्यमा ड्राइभिङ, मठ–मन्दिर, आगोका साथै बेहुली बनेको रोचक दृश्य निर्माण गरिएको छ। मिडजर्नी, रनवेएमएल, लुमाएआई, किङएआई, टोपाज भिडियोएआईजस्ता सफ्टवेयरको मद्दतबाट निर्माण गरिएको भिडियोमा प्रइनको एआई निर्देशन, सम्पादन र कलर ग्रेडिङ रहेको छ ।

विवेक पोखरेलको शब्द रचना, ग्रार्मी अवार्डको नोमिनेसनमा पर्न सफल मनोज सिंहंको बाँसुरी रहेको सो गीतमा साश्वत श्रेष्ठको मिक्सिङ र निर्माण रहेको छ ।

हेर्नुहोस् भिडियो…

प्रकाशित मिति : २७ श्रावण २०८१, आइतबार  ६ : ०६ बजे

शैक्षिक रूपान्तरणमा केन्द्रित पुस्तक ‘ज्योतिर्गमय’ विमोचित

काठमाडौं – प्रधानाध्यापक सङ्घ नेपालका अध्यक्ष सुदामप्रसाद गौतमद्वारा लिखित ‘ज्योतिर्गमय’

माल्दिभ्सको समूद्रमा डुबेका चारजनाको मृत फेला

रोम – माल्दिभ्सको समुद्रमा अनुसन्धानका लागि गएको एक ‘डाइभिङ’ टोलीको

बाघको आक्रमणबाट वन हेरालु घाइते

महेन्द्रनगर– कञ्चनपुरको कृष्णपुर नगरपालिकामा पाटेबाघको आक्रमणबाट वन हेरालु घाइते भएका

विद्याको सदस्यताबारे एमाले भोजपुरका अध्यक्ष भन्छन् : यो जित र हारको विषय होइन

काठमाडौं – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरण गर्ने नेकपा एमालेको