पेरिस ओलम्पिक : चीनलाई उछिन्दै अमेरिका पदक तालिकाको शीर्ष स्थानमा « Khabarhub

पेरिस ओलम्पिक : चीनलाई उछिन्दै अमेरिका पदक तालिकाको शीर्ष स्थानमा


२७ श्रावण २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


909
Shares
  • change font
  • change font
  • change font

काठमाडाैं । पेरिस ओलम्पिक अन्तर्गत सबै विधाका खेलहरु सम्पन्न भएका छन् । आइतबार राति भएको अन्तिम खेलमा अमेरिकाको महिला बास्केटबल टोलीले फ्रान्सलाई हराउँदै स्वर्ण जितेको हो ।

योसँगै अमेरिका र चीनले समान ४०–४० स्वर्ण जितेका छन् । ओलम्पिक इतिहासमा पहिलोपटक दुई देशले बराबरी स्वर्ण जितेका हुन् ।

अमेरिका ४० स्वर्ण, ४४ रजत र ४२ कास्यसहित कुल १२६ पदक शीर्ष स्थानमा रहँदा चीन २७ रजत र २४ कास्य सहित कुल ९१ पदक सहित दोस्रो स्थानमा रहेको छ ।

पदक तालिकामा जापान २० स्वर्ण, १२ रजत र १३ कास्यसहित तेस्रो स्थानमा रहँदा चौथो स्थानमा रहेको अष्ट्रेलियाले १८ स्वर्ण १९ रजत, १६ कास्य जितेको छ ।

त्यस्तै फ्रान्सले १६ र नेदरल्यान्डले १५ स्वर्ण जितेका छन् । यता दक्षिण एशियाली मुलुकमध्ये पाकिस्तानले मात्र स्वर्ण जित्न सक्यो । दक्षिण एशियाली मुलुकमध्ये पाकिस्तानले एक स्वर्ण जित्न सक्यो । भारतले १ रजत र ५ काँस्य पदक हात पार्न सफल भयो ।

प्रकाशित मिति : २७ श्रावण २०८१, आइतबार  १० : ०७ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै