गोरखामा अपाङ्गता भएकालाई घरमै परिचपत्र | Khabarhub Khabarhub

गोरखामा अपाङ्गता भएकालाई घरमै परिचपत्र


२६ भाद्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

गोरखा – सहिद लखन गाउँपालिकाले पालिकाभित्रका अपाङ्गता भएका व्यक्तिलाई घरमै पुगेर अपाङ्गता परिचयपत्र वितरण तथा नवीकरण गरेको छ।

गाउँपालिकाले अपाङ्गता भएका व्यक्तिका सहजताका लागि चिकित्सकसहित कर्मचारी र जनप्रतिनिधि परिचालन गरी अपाङ्गता परिचयपत्र वितरण गरेको गाउँपालिकाकी उपाध्यक्ष इन्दिरा तिवारीले जानकारी दिइन्।

तिवारीले भनिन्, “अपाङ्गता भएका कोही पनि व्यक्ति परिचत्रपत्र बनाउन नसकेर राज्यले प्रदान गर्दै आएको सेवासुविधाबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्य गाउँपालिकाको हो, पालिकाले चिकित्सक र आवश्यक जनशक्ति परिचालन गरेर अपाङ्गता भएका व्यक्तिका घरघरमा पुगेर सबै प्रक्रिया पूरा गरी परिचयपत्र वितरण गरेको हो।”

परिचयपत्र वितरणका लागि गोरखा अस्पतालका ‘मेडिकल अफिसर’ सन्तोष सिटौलासहित गाउँपालिकाका स्वास्थ्य शाखाका प्रमुख वीरेन्द्र श्रेष्ठलगायत टोली अपाङ्गता भएका व्यक्तिको घरघरमा पुगेका थिए।

“अपाङ्गता परिचयपत्र दिन ‘मेडिकल रिपोर्ट’ अनिवार्य हुन्छ, त्यसका लागि चिकित्सकसमेत घरमै पठाइएको हो”, उपाध्यक्ष तिवारीले भनिन्।

पालिकाभित्रका दुई सय ३३ जना अपाङ्गता भएका व्यक्तिलाई सेवा प्रदान गरिएको उनको भनाइ छ। जसमा परिचयपत्र नभएका थप नौ जनालाई नयाँ अपाङ्गता परिचयपत्र वितरण गरिएको छभने दुई सय २४ जनाको अपाङ्गता परिचयपत्र नवीकरण गरिएको गाउँपालिकाले जनाएको छ।

नयाँ अपाङ्गता परिचयपत्र वितरण गरिएकामा वडा नम्बर २, ४, ५, ६, ८ र ९ का रहेको उनको भनाइ छ। पालिकाले यही भदौ २० देखि २४ गतेसम्म घर तथा टोलटोलमा पुगेर परिचयपत्र वितरण तथा नवीकरणको काम सम्पन्न गरेको हो। घरमै परिचयपत्र नवीकरण तथा नयाँ परिचयपत्र प्राप्त गरेपछि लाभग्राही दङ्ग छन्।

प्रकाशित मिति : २६ भाद्र २०८१, बुधबार  ८ : ५६ बजे

सहकारी ठगीमा समितिले सिफारिस गरेअनुसार कारबाही हुन्छ : उपप्रधानमन्त्री सिंह

धनगढी – उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले राजनीतिक स्थिरता

चीनमा पृथकतावादको अभियोगमा ताइवानी नागरिकलाई जेल सजाय

काठमाडौँ– चीनमा एक जना ताइवानी राजनीतिक अभियन्तालाई पृथकतावादी गतिविधि गरेको

माओवादी केन्द्र प्रवास प्रदेशको जुम परामर्श बैठक सुरु

काठमाडौं– नेकपा माओवादी केन्द्र प्रवास प्रदेश समितिको परामर्श बैठक आजदेखि

अर्थसंक्षेप : चिनियाँ नाकाबाट दशैंलाई दिनहुँ ५० ट्रक सामान भित्रिँदै, असोजमा ८ बैंकले घटाए ब्याजदर

काठमाडौं- दशैंतिहार लगायत चाडपर्व नजिकिएसँगै उत्तरी छिमेकी चीनसँगको नाकामा चाप बढ्न

अनुसन्धान र नवप्रवर्तनका लागि एक अर्बको कोष स्थापना गरिने 

काठमाडौं– नेपाल सरकार  शिक्षा ,विज्ञान तथा प्रविधि मन्त्रालयको आयोजनामा १२