विश्वकप छनोट : अर्जेन्टिना कोलम्बियासँग पराजित « Khabarhub

विश्वकप छनोट : अर्जेन्टिना कोलम्बियासँग पराजित


२६ भाद्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


453
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – विश्वकपको दक्षिण अमेरिकी छनोटमा अर्जेन्टिना कोलम्बियासँग पराजित भएको छ। गएराति भएको खेलमा कोलम्बियाले विश्व विजेता अर्जेन्टिनालाई २-१ ले गोल अन्तरले पराजित गरेको हो।

खेलको २५औं मिनेटमा कोलम्बियाका लागि यरसन मोस्केराले गोल गर्दै अग्रता दिलाएका थिए। दोस्रो हाफको सुरुमै खेलको ४८ औं मिनेटमा अर्जेन्टिनाका लागि निको गोन्जालेले गोल गर्दै खेल बराबरीमा फर्काएका थिए। तर त्यो बराबरी १२ मिनेट भन्दा बढी टिक्न सकेन।

खेलको ६०औं मिनेटमा जेम्स रोड्रिग्वेजले पेनाल्टीमा गोल गर्दै कोलम्बियालाई २-१ को अग्रता दिलाएका हुन्। त्यसपछि अर्जेन्टिनाले गोल गर्न नसक्दा कोलम्बिया विजयी भएको हो।

यो जितसँगै कोलम्बियाले ८ खेलबाट १६ अंक जोडेको छ। कोलम्बिया तालिकाको दोस्रो स्थानमा पुगेको छ। अर्जेन्टिना भने १८ अंकसहित शीर्ष स्थानमा कायमै छ।

प्रकाशित मिति : २६ भाद्र २०८१, बुधबार  ९ : १९ बजे

ओली र बालेनलाई चुनावमा पछार्ने हो : हर्क सम्पाङ

काठमाडौँ – श्रम, संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले फागुन २१

दाङमा बस र मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु

घोराही (दाङ) – दाङको देउखुरीमा बस र मोटरसाइकल एकापसमा ठोक्किँदा

ख्वप अस्पतालमा सिटीस्क्यान सेवा सुरु

भक्तपुर- यहाँस्थित ख्वप अस्पतालमा आजदेखि सिटीस्क्यान सेवा सञ्चालनमा आएको छ।

सात हजार यात्रीलाई सुरक्षित तरिकाले जेब्राक्रसिङबाट बाटो काट्न सिकाइयो

काठमाडौं- ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा आज सात हजार ९८७ पैदलयात्रीलाई

हेटौँडामा सडक विस्तारको विरोध गर्दै कुलमानको पार्टी छोडिन्, हर्कको पार्टीबाट लिइन् टिकट

काठमाडौँ – हेटौँडा सडक विस्तारको विरोध गर्दै उज्यालो नेपाल पार्टी