उपसभामुख रानामगरलाई हटाउने चर्चाबीच रास्वपा सचिवालय बैठक « Khabarhub

उपसभामुख रानामगरलाई हटाउने चर्चाबीच रास्वपा सचिवालय बैठक


२६ भाद्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


225
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रतिपक्षी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक बसिरहेको छ ।

प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा राना मगरलाई पदबाट हटाउने तयारीमा सत्ता गठबन्धन नेपाली कांग्रेस र नेकपा एमाले जुटेपछि यसबारे धारणा बनाउन रास्वपाल सचिवालय बैठक बसेको हो ।

सत्तारुढ दलहरूले उपसभामुख रानामगरलाई हटाउने तयारी गरिसकेका छन् । यसबारेमा पार्टीको आधिकारिक धारणाका लागि सचिवालय बैठक बसेको प्रवक्ता मनिष झाले जानकारी दिएका छन् ।

सम्भवत: बिहीबार उपसभामुख रानामगरलाई हटाउने दुईतिहाइ सांसदको हस्ताक्षरसहितको प्रस्ताव संसद्‍मा दर्ता हुने छ । बिहीबार रानागमगरलाई बिदा गर्ने योजनामा सत्तारुढ दल जुटेका छन् ।

सत्तारुढ दलहरूले संवैधानिक परिषद्मा बहुमत बनाउन यो तयारी गरेका हुन् । इन्दिरा रानामगर रास्वपाकी समानुपातिक सांसद हुन्। उनले अमेरिकी दूतावासमा भिसाका लागि पत्र लेखेर देशकै बेइज्जत गरेको तर्क दुई ठूला दलको छ ।

संवैधानिक परिषद्को अध्यक्ष प्रधानमन्त्री रहने व्यवस्था छ । सदस्यहरूमा प्रतिनिधि सभाको सभामुख, राष्ट्रिय सभाको अध्यक्ष, प्रतिनिधि सभामा विपक्षी दलको नेता, प्रतिनिधि सभाका उपसभामुख र प्रधानन्यायाधीश संवैधानिक रहने व्यवस्था छ ।

प्रकाशित मिति : २६ भाद्र २०८१, बुधबार  १२ : ५३ बजे

जनक शिक्षामा १० लाख नमुना मतपत्र छापियो

भक्तपुर- जनक शिक्षा सामग्री केन्द्र सानो ठिमीमा आगामी फागुन २१

कुलमानले भने : पदबाट बाहिरिएँ, अब राजनीतिमा होमिएँ

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाई, भौतिक पूर्वाधार तथा यातायात

कुलमानको राजीनामा बुझ्दै प्रधानमन्त्रीले भनिन् : देशको लागि ठूलो गुन लगाउनुभयो

काठमाडाैं- प्रधानमन्त्री सुशीला कार्कीसमक्ष ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार

भेरीगङ्गामा बाघको आक्रमणबाट महिलाको मृत्यु

कर्णाली – बाघको आक्रमणबाट सुर्खेत भेरीगङ्गा नगरपालिका निवासी एक महिलाको

कुलमानले प्रधानमन्त्रीसमक्ष बुझाए राजीनामा

काठमाडौँ । काठमाडौं- ऊर्जा, भौतिक तथा सहरी विकास मन्त्री कुलमान